कार्यालयमा तोडपफोड गर्ने लाई कारबाही गर्न नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीको माग

| २०७८ असोज १० गते २३: ३४ मा प्रकाशित

नविन केसी , अर्घाखाँची ।नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको छ ।

 संगठनको केन्द्रीय कार्यालय भएको अपाराधिक पुर्ण कार्यको विरोध स्वरुप ज्ञापनपत्र बुझाइएको संगठनका जिल्ला अध्यक्ष शिला पोख्रेलले जानकारी दिईन । उनले भनिन् "संगठनको बिरुद्ध केही व्याक्तिहरुले गरेको अराजक कार्यलाई सरकार पक्षबाट सहयोग पुग्ने गरि संगठनको केन्द्रिय कार्यालयमा लगाईएको ताला तत्काल खोली दशौ राष्ट्रिय अधिबेशनबाट निर्बाचित कार्यसमितीलाई काम गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका छौ । " 

संगठनको केन्द्रिय कार्यालय तोड फोड गर्ने व्याक्तिलाई प्रक्राउ गर्नु भन्दा पनि संरक्षण गर्ने कार्य समेत भएको संगठनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्