काठमाडौँ देखि अर्घाखाँचीका लागि २ सय रुपैयाँ बस भाडा बढेयो

| २०७८ असोज ११ गते १४: ३३ मा प्रकाशित

काठमाडौँ। सरकारले असोज ८ गतेदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मनत्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ । 

अब देखि  काठमाडौँ बाट देखि अर्घाखाँची (सन्धिखर्क) जाने जाने यात्रुले रु ९८८ भाडा तिर्नुपर्नेछ।यस अघि  काठमाडौँ  देखि अर्घाखाँचीका लागि ७ सय ८८ रुपैयाँ रहेको थियो। 

विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ । 

हाल पेट्रोल र डिजलको मूल्यसमेत वृद्धि भएको छ । भाडा निर्र्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’ मा इन्धनको सूचकलाई मात्र हालको मूल्यको आधार लिई प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ । भाडादर समायोजन गर्ने निर्णयअनुसार असोज ८ गते देखि  लागू हुने गरी भाडादर समायोजन गरिएको विभागले स्पष्ट पारेको छ । 

त्यसमा छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ । नयाँ भाडादर अनुसार काठमाडौँबाटदेखि अर्घाखाँची जाने जाने यात्रुले रु ९८८ भाडा तिर्नुपर्नेछ । काठमाडौँ काकडभिट्टा जानका लागि रु एक हजार ४७० भाडा लाग्ने भएको छ । 

विभागले देशभरका कूल २८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुबहाक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारमिा २६ प्रतिशत भाडा वृद्धि गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्