अर्घाखाँचीमा आज ८ जना नयाँ संक्रमित थपिए: एकको मृ'त्यु

| २०७८ असोज ११ गते १८: २७ मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँचीमा सोमवार ८ जना कोरोना संक्रमितका बिरामी थपिएका छन् । ८ जना संक्रमित थँपिदा एक जनको संक्रमणका कारण मृत्यु भएको छ । छत्रदेव-६ का ६२ वर्षिय महिलाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको बताईएको छ ।

सन्धिखर्क नगरपालिकामा ५ जना, छत्रदेव गाउँपालिकामा २ जना तथा मालारानी गाउँपालिकामा १ जना गरी ८ जनामा संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार २ सय ५९ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ७ जना कोरोना मुक्त भएसंगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ४ हजार एकसय ३ पुगेको छन ।

अब सक्रिय कोरोना संक्रमणको संख्या ७४ रहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । सन्धिखर्क नगरपालिकामा ३३ जना, शितगंगा नगरपालिकामा ५ जना, मालारानी गाउँपालिकामा ९ जना, पाणिनी गाउँपालिकामा २४ जना र छत्रदेव गाउँपालिकामा ३ जना गरि ७४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

यस्तै आईतवार मृत्यु भएकी छत्रदेव(६ का ६२ वर्षिय महिला सहित कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८२ पुगेको छ ।स्रोत - अर्घाखाँचीपोष्ट 

प्रतिक्रिया दिनुहोस्