अर्घाखाँचीमा दुधको मुल्य नबढ्ने ( विज्ञप्ति सहित)

| २०७८ असोज १२ गते १४: १७ मा प्रकाशित

गाेपाल भट्टराई ,अर्घाखाँची ।दुधको मुल्य बृद्धि गर्दा समन्वय नभएको भन्दै अर्घाखाँचीका ५ वटा दुध व्यवसायिले बढेको मुल्य नमान्ने घोषणा गरेका छन् । 

यसरि बढेको मुल्य स्विकार नगर्नेहरुमा अर्घाखाँची दुग्ध उत्पादन,तथा बिक्रि बितरण सहकारि सन्धिखर्क,अर्घाखाँची डेरि उद्योग सन्धिखर्क,शितगंगा दुग्ध उत्पादन तथा बिक्री बितरण सहकारि ठाडा,पाणिनी दुग्ध सहकारि पाणिनी–३ र देउराली छर्पि उद्योग पाणिनी–४ रहेका छन् ।

जिल्लाका हजारौं कृषकहरु आवद्ध भएका संस्थालाई थाहै नदिइ केही व्यक्तिहरुले आफुखुशी गरेको मुल्यबृद्धि कार्यान्वयन गर्न नसक्ने उनिहरुले बताएका हुन् । यहि असौज ५ गते अर्घाखाँची बहुउद्देश्यीय कृषि तथा दुग्ध उत्पादन खरिद बिक्री बजारीकरण कृषक समुहले वृद्धि गरेको मुल्यमा कुनै वैज्ञानिक मापदण्ड नरहेको र औचित्य नभएकोले बढेको मुल्य मान्य नहुने उनिहरुको भनाई छ ।

संस्थाका अध्यक्षहरु क्रमशःचन्द्र प्रसाद बन्जाडे,कुशल भुसाल,कमल प्रसाद आचार्य,बाबुराम घिमिरे र तिलकराम गैरेले एक संयुक्त विज्ञप्ती जारि जिल्लामा उत्पादन भइरहेको मध्ये दैनिक २५ सय लिटर दुध स्टोर गर्नुपर्ने,दुधको सिजन अफ हुन थालेको अवस्थामा गरिएको मुल्य बृद्धि आफुहरुलाई मान्य नहुने तर्क गर्नुभएको हो । दैनिक २५ सय लिटर दुध बिक्रि नभएपछि बिभिन्न परिकार बनाएर स्टोर गर्नुपरिरहेको छ, अर्कोतर्फ जिल्लाबाहिरबाट गुणस्तरहिन दुध तथा दुधजन्य पदार्थ आउने समस्या छ ।

विज्ञप्तीमा भनिएको छ, यो अवस्थामा दुधको मुल्य बृद्धि हैन गुणस्तर परिक्षण गर्ने,किसानको उत्पादनले बजार पाउने स्थिति निर्माण गर्नु अहिलेको आवस्यकता छ । अर्घाखाँची बहुउद्देश्यीय कृषि तथा दुग्ध उत्पादन खरिद बिक्री बजारीकरण कृषक समुहले प्रति लिटर १० रुपैंयाका दरले दुधको मुल्य बढेको घोषणा गरेपछि अर्घाखाँचीका दुध व्यवसायीहरुको बिचमा फाटो परेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्