सन्धिखर्क नगरपालिकामा गठित उपभोक्त हकहित संरक्षक समितिको बैठक सभा हलमा सम्पन्न

| २०७८ असोज १३ गते १५: ३६ मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची।
आस्बिन १३- सन्धिखर्क नगरपालिकामा गठित उपभोक्त हकहित संरक्षक समितिको बैठक सन्धिखर्क नगरपालिका को सभा हलमा सम्पन्न भएको छ।

सन्धिखर्क नगरपालिका का नगरउपप्रमुख ठाकुर कुमार बिक को अध्यक्षता मा बसेको बैठकमा सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अर्याल , जिल्ला प्रशासन कार्यलय का नायब सुब्बा कृष्ण प्रसाद आचार्य , जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक सुजन शाहा, जिल्ला स्थित रास्ट्रिय अनुसन्धान साहायक बिज्ञान पन्थी ,उधोग बाणिज्य संघ का नेत्र प्रसाद भुसाल , चेम्बर अफकमर्श का अशोक श्रेष्ठ ,पशु शाखा प्रमुख नारायण खनाल,कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई , स्वास्थ शाखा प्रमुख पुर्ण पराजुली तथा स.प.नि. कृष्ण तामाङ लगायत को उपस्थिति रहेको थियो ।
 
बैठकले आस्बिन १७ गते सरोकारवाला सहितको उपभोक्त हरु सग  अन्तरक्रिया गर्ने , उपभोक्त हरुको हित लाई मध्ये नजर गर्दै संचारगृह हरुमा सन्देश मुलक सूचना प्रकाशन तथा प्रशारण गर्ने ,बजार अनुगमन लाई   निरन्तरता दिने निर्णय गरेको छ।बैठक सन्धिखर्क नगरपालिका का अधिकृत जिबनारायण आचार्यको संचालन मा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्