किमडाँडामा घरमै पुगेर विमा रकम भुक्तानी

| २०७८ असोज १३ गते १८: ०० मा प्रकाशित

कमला पाेख्रेल ,अर्घाखाँची । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले  अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा नम्बर ८ किमडाँडामा घरमै पुगेर विमाकाे मृत्यु दावी रकम भुक्तानी गरेको छ । 

सन्धिखर्क ८ का वडा अध्यक्ष समेत रहनु भएका इश्वरि प्रसाद भुसालकाे मृत्यु भएपछि उहाँको घरमै पुगेर उहाँकि श्रीमती जयकला भुसाललाई ९ लाख ५७ हजार ९ सय २५ रुपैयाँ सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रबन्धक मिना बस्यालले चेक हस्तान्तरण गर्नु भएको हाे । 

उहाँले ३ किस्ताकाे  विमा शुल्क रकम २ लाख ३३ हजार १ सय ९२ रुपैयाँ  मात्र कम्पनीमा  बुझाउनु भएको थियोे । अभिकर्ता तिलका भुसालले स्वर्गीय इश्वसी प्रसाद भुसालको  विमा गराउनु भएको थियोे । 

भुसालको काेभिडका कारण २०७८ साल साउन १० गते मृत्यु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्