अर्घाखाँचीमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टी: २ जना कोरोना जितेर घर फर्किए(सम्पूर्ण विवरण सहित)

| २०७८ असोज १४ गते २१: ३२ मा प्रकाशित

श्याम घिमिरे, अर्घाखाँची।अर्घाखाँचीमा बिहिवार थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा पाणिनी गाउँपालीकामा ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार २ सय ८८ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट २ जना कोरोनामुक्त भएका छन । यससंगै हालसम्म ४ हजार १ सय १७ जनाले कोरोनालाई जितेका छन ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ८९ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ३३ जना, भुमिकास्थान नगरपालीमा ३ जना, शितगंगाा नगरपालीकामा १ जना,मालारानि गाउँपालीकामा ८ जना,पाणिनी गाउँपालीकामा ३९ जना र छत्रदेव गाउँपालीकामा ५ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ८२ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्