गुणस्तरीय काम गराउँन दिनभर योजना प्रमुख गौतम फिल्डमा खटिन्छन

| २०७८ असोज १५ गते २०: २४ मा प्रकाशित

एसपी भुसाल। साल्झन्डि ढोरपाटन सडक आयोजना का योजना प्रमुख बिरेन्द्र गौतमले अनुगमन निरिक्षणलाई तिब्र पारेको बताउँनु भएको छ । 

रुपन्देहीको साल्झन्डि बाट पाल्पा अर्घाखाँची गुल्मी हुँदै वाग्लुङको ढोरपाटन जोड्ने यो सडकमा धेरै ठाउँमा काम चलिरहेको छ गुणस्तरीय काम गराउँनका लागि कार्यलय प्रमुख बिरेन्द्र गौतम दिनभर फिल्डमा खटिने गरेको कर्मचारी हरु बताउछन । 

गौतम योजना प्रमुख बनेर अर्घाखाँची आएपछि रोकिएका कामहरुले पनि निरन्तरता पाएका छन बिबादास्पद  ठाउँहरु मा समेत सडक सुचारु गर्नका लागि गौतमले पहल सुरु गरेका छन सुशासन पारदर्शिता लाई पहिलो प्राथमिकता दिएर गौतमले काम गरिरहेका छन भने गौतमलाई अर्घाखाँची बासिले निकै राम्रो कार्यलय प्रमुख भनेर प्रशम्सा गरिरहेका छन तोकिएको समयमा सडकका सबै ठेक्का सम्पन्न गर्ने गरि अनुगमन लाई तिब्र पारिएको श्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्