अर्घाखाँचीमा आज थप ३ जनामा कोरोना पुष्टी: २ जना निको भएर घर फर्किए

| २०७८ असोज १७ गते २२: २४ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची। 
असोज १७ - अर्घाखाँचीमा आईतवार थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ३ सय पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीका र मालारानी गाउँपालीकाबाट थप १÷१ जना कोरोनामुक्त भएका छन । यससंगै हालसम्म ४ हजार १ सय २२ जनाले कोरोनालाई जितेका छन ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ९६ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ३९ जना, भुमिकास्थान नगरपालीमा ३ जना, शितगंगाा नगरपालीकामा १ जना,मालारानि गाउँपालीकामा ९ जना,पाणिनी गाउँपालीकामा ३९ जना र छत्रदेव गाउँपालीकामा ५ जना सक्रिय संक्रमित रहेका छन ।

कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ८२ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्