नगर उपप्रमुख बिकसहितको टोली स्थलगत अनुगमनमा

| २०७८ असोज १८ गते १६: ०७ मा प्रकाशित

अशोक खनाल।अर्घाखाँची जिल्लामा नदीजन्य पदार्थ उत्खनन तथा संकलन तोकिए बमोजिमको परिणाममा भएको छ छैन अनुगमन गरिएको छ ।

मंगलबार जिल्लाको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक नेतृत्वको टोली जरेखोलामा अनुगमनका लागि पुगेको हो ।

नगर उपप्रमुख बिकको नेतृत्वमा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश खनाल, सब इन्जिनियर हरि बोहरा, नायब सुब्बा मुक्ति खनाल सहितको टोली अनुगमनका लागि पुगेको हो ।

उत्खननका लागि स्थानीयसंगको छलफल पश्च्यात स्थलगत रुपमा प्रारम्भिक बावातावरणियरिक्षण प्रतिबेदनले सिफारिस गरिए अनुसार बोलपत्र आव्हान गरि ठेक्का सम्झौता गरिएको थियो ।

सोही अनुरुप सोमबार तोकिए बमोजिमको क्षेत्रबाट तोकिए बमोजिमको परिणाम उत्खनन गरिएको छ छैन भनी नगर उपप्रमुखसहितको टोली आज अनुगमन निरिक्षणमा निस्किएको हो ।

प्रतिक्रिया दिनुहोस्