सन्धिखर्क नगरपालिका द्वारा अपांगता भएका ब्याक्ति लाई व्हिल चियर बितरण

| २०७८ असोज १९ गते ११: ३५ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
आश्बिन१८- सन्धिखर्क नगरपालिकाको आयोजना  महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको समन्वय मा शारीरिक अपांगता भएका ब्याक्ति लाई व्हिलचियर हस्तान्तरण गरिएको छ।
 
सोमबार  सन्धिखर्क नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक को नेतृत्व मा सन्धिखर्क  नगरपालिका वडा न.१२ छाप निवासी ६१ बषिया सन्त बहादुर बिक लाई उक्त चियर हस्तान्तरण गरिएको हो ।हस्तान्तरण कार्यक्रममा वडा न. १२ का वडा अध्यक्ष नारायण खड्का , कार्यपालिका सदस्य हिमकला टमटा , महिला बालबालिका  तथा जेष्ठ नागरिक शाखा कि प्रमुख बेल कुमारी परियार लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्