पुर्णिमाको दिन अर्घामा हुने भव्य शरायँ नाँच नहुने

| २०७८ असोज १९ गते १४: ३५ मा प्रकाशित

कमला थापा,अर्घा। 
असोज १९ - अर्घाखाँचीमा कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै जिल्लामा हुने कुनै पनि जमघट , खेलकुद  धार्मिक तथा संस्कृतिक परम्परा मा गरिने नियमित नित्यकर्म बाहेक का अन्य गतिविधि हरुमा २०७८ कार्तिक ४ राती १२ बजे सम्मको लागी जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले रोक लगाउने निर्णय गरेको छ।

नेपालीहरुको महान चाड बडा दशैँ पछि आउँने पुर्णिमाको दिनमा अर्घाखाँची जिल्लाको पवित्र धार्मिक तथा पर्यटकीय स्थल अर्घा (दरबार) भगवती मन्दिरमा हुने भव्य शरायँ नाँच न हुने भएको छ। 

सन्धिखर्क ९ को अर्घामा अवस्थित रहेको अर्घा भगवती मन्दिरमा हरेक बर्ष भव्यताका साथ् पन्च आलम सहित शरायँ नाँच निकालिने गरिन्छ।अर्घा दरबार बाट निकालिएको शरायँ नाँच रानी गैराको टापूमा रहेको गोसेथाना मन्दिरमा पुर्‍याएर बिसर्जन गर्ने गरिन्छ। ऐतिहासिक अर्घा मन्दिर बाट निकालिने शरायँ नाँच पस्चिमाञ्चलकै चर्चित र भव्य रहँने गर्दछ। दशैँ पछिको पुर्णिमाको दिन हुने शरायँ नाँचमा छिमेकी जिल्ला प्युठान,गुल्मी ,पाल्पा ,कपिलबस्तु लगायतका मानसिहरुको सहभागिता रहँने गरेको अर्घा भगवती मन्दिरका मुख्य पुजारी भुसाल बताउँनु हुन्छ। 

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले धार्मिक तथा संस्कृतिक परम्परामा लगाएको रोक प्रति जिल्लावासी निराश रहेका छन्। राजनीतिज्ञ हरुले पार्टीका बृहत भेला र कार्यक्रम हरु गर्न पाउँने तर धार्मिक तथा संस्कृतिक परम्परामा आस्था राख्ने धर्मालम्बीहरु लाई पर्व मनाउँन रोक लगाउँदा प्रशासन निकाय पनि राजनीतिमै लिप्त भएको जिल्ला वासीको आ'रो'प रहेको छ। 

 

प्रतिक्रिया दिनुहोस्