अर्घाखाँचीमा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि: ५ जना निको भएर घर फर्किए (सम्पूर्ण विवरण सहित)

| २०७८ असोज १९ गते १७: ३४ मा प्रकाशित

अर्घाखाँची,असोज १९। अर्घाखाँचीमा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ६ जना,मालारानी गाउँपालिकामा १ जना,पनिनी गाउँपालिकामा ८ जनामा गरि १५ जनामा  कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ३ सय १७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीका बाट थप २ जना र पाणिनी गाउँपालिका बाट ३ जना कोरोनामुक्त भएका छन । यससंगै हालसम्म ४ हजार १ सय ३२ जनाले कोरोनालाई जितेका छन ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा १०३ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ४१ जना, भुमिकास्थान नगरपालीमा ३ जना, शितगंगाा नगरपालीकामा १ जना,मालारानि गाउँपालीकामा १० जना,पाणिनी गाउँपालीकामा ४४ जना र छत्रदेव गाउँपालीकामा ४ जना सक्रिय संक्रमित रहेका छन ।

कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ८२ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्