नापि कार्यालय अर्घाखाँचीका लेखापाल लाेकप्रसाद श्रेष्ठलाई विदाई

| २०७८ असोज २० गते १९: ०२ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क।
असोज २० - निजामती कर्मचारीहरूकाे आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति अर्घाखाँचीले नापि कार्यालय अर्घाखाँचीबाट स्वतह  अवकाश प्राप्त हुनुभएका लेखापाल लाेकप्रसाद श्रेष्ठलाई एक समारोहबीच मायाको चिनो प्रदान गरि  विदाई गरेकाे कर्मचारी हरुको आधिकारिक  ट्रेडयुनियनका जिल्ला अध्यक्ष झबिन्द्र खनालले जानकारी दिनु भयो । 

 बिधाई कार्यक्रममा  नेपाल निजामती कर्मचारी युनियनका  केन्द्रीय सभा सदस्य विनाेद कुवँर राष्ट्रिय कर्मचारी सगठनका नेता अरुण आचार्य ट्रेड युनियनका कोषाध्यक्ष कृष्ण बर्मा ट्रेड युनियनका काेषाध्यक्ष कृष्ण वर्मा ट्रेड युनियनका नेता बिकल्प भट्टराई  ओमप्रकाश श्रेष्ठ, पत्रकार महासंघका जिल्ला सदस्य घनश्याम पौडेल लगाएतले सेवानिबृत जीवन सुखमय बनोस भन्दै शुभकामना ब्यक्त गरेका थिए ।

निजामती कर्मचारीहरूकाे आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका अध्यक्ष झविन्द्र खनालकाे अध्यक्षता, सदस्य विकल्प भट्टराईकाे सञ्चालन सदस्य अरूण आचार्यकाे स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियोे भने ट्रेड युनियनले जिल्लामा अाउने कर्मचारी हरुलाई स्वागत जिल्ला बाट बाहिर सरुवा भई जाने कर्मचारी लाई बिधाई गर्ने सेवा निबृत कर्मचारी लाई मायाको चिनो प्रदान गर्ने लगाएतका रचनात्मक काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्