जिल्ला समन्वय प्रमुख भुसालको नेतृत्वको टोली स्थलगत खोला अनुगमनमा

| २०७८ असोज २० गते १९: १३ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। 
असोज २० - अर्घाखाँची जिल्लामा नदीजन्य पदार्थ उत्खनन तथा संकलन तोकिए बमोजिमको परिणाममा भएको छ छैन भन्ने कुराको जानकारी लिन स्थलगत अनुगमन गरिएको छ ।

 बुधबार दिउसो नगरपालिका भित्र पर्ने बागि खोला जर्रे खोला को  जिल्ला समन्वय प्रमुख पिताम्वर सर्मा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल   प्रमुख जिल्ला अधिकारी बिस्नु पौडेल नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल जिल्ला समन्वय अधिकारी लक्ष्मि गौतम प्रहरी नायब उपरीक्षक अम्मर थापा शस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन प्रमुख अनुसन्धान अधिकृत बिनय चत्रुबेदि सहायक बन अधिकृत पन्नालाल भट्टराई नगरपालिका राजस्व प्रमुख मुक्तिराम खनाल  नेतृत्वको टोली जर्रे खोलाको अनुगमन गरेको त्याहा स्थित समचार दाताले जानकारी दिएका छन  भने अनुगमन टोलिले अबैधरुपमा चोरि निकासि गर्न लागेको अबस्थामा एउटा ट्याक्टर समेत नियन्त्रणमा लिएको छ।

नगरपालिका ले उत्खननका लागि स्थानीयसंग  छलफल गरि   स्थलगत रुपमा अनुगमन गरि  प्रारम्भिक बावातावरणियरिक्षण प्रतिबेदनले सिफारिस गरे बमोजिम  ठेक्का सम्झौता गरेका ठाउहरुको अनुगमन गर्ने गर्छ बागि खोलाको भने ठेक्का सम्झौता सम्पन्न भएको छैन भने जर्रेखोलामा सोही अनुरुप  तोकिए बमोजिमको क्षेत्रबाट तोकिए बमोजिमको परिणाम उत्खनन गरिएको नगरिएको पत्ता लगाउन जिल्ला स्तरिय अनुगमन  टोली बुधाबार  अनुगमन निरिक्षणमा निस्किएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्