अर्घाखाँची समाज युरोपद्वारा पोर्टेबल भेन्टिलेटर सहयोग

| २०७८ असोज २५ गते १८: ११ मा प्रकाशित

अशोक खनाल।अर्घाखाँची समाज युरोपले जिल्ला अस्पताल अर्घाखाँचीलाई पोर्टेबल भेन्टिलेटर सहयोग गरेको छ ।

सोमबार एक कार्यक्रमकाबिच अस्पताल परिसरमा अर्घाखाँची मरेङ समाजका प्रतिनिधि बिजय फुल्लेल अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल तथा अस्पतालका प्रमुख मेसु डा. राजेन्द्र जिसिलाई पोर्टेबल भेन्टिलेटर हस्तान्तरण गरे ।

अर्घाखाँची जिल्लाबाट युरोपमा बस्दै आएका नेपालीहरुले कोभिड-१९ लगायतका विभिन्न रोगहरुबाट प्राबिधिक तथा टेक्निकल सामाग्रीको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्नाका खातिर उक्त सहयोग उपलब्ध गराएको समाजका उपाध्यक्ष चुरामणि अर्यालले बताए ।अर्यालले अस्पताललाई समाजले थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।

उक्त भेन्टिलेटलाई अस्पतालको क्याबिनको अलवा एम्बुलेन्समा राखेर पनि सेवा प्रदान गर्न सकिने समाजका प्रतिनिधि बिजय फुल्लेलले जानकारी दिए ।

तेह्र लाख भन्दा बढी मूल्य पर्ने उक्त भेन्टिलेटर अर्घाखाँची अस्पताललाई सहयोग गरेकोमा अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल तथा अस्पताल प्रमुख डा.राजेन्द्र जिसिले अर्घाखाँची समाज युरोप लाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्