अर्घाखाँचीमा आज ४ जनामा कोरोना संक्रमण पुष्टि: ७२ जना आईसोलेशनमा(सम्पूर्ण विवरण सहित)

| २०७८ असोज २८ गते १९: ०६ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।अर्घाखाँचीमा बिहिवार ४ जना कोरोना संक्रमित निको भएका छन । पछिल्लो २४ घण्टामा पाणिनी गाउँपालीकाबाट ४ जना कोरोना संक्रमित निको भएका छन । यससंगै जिल्लामा हालसम्म ४ हजार २ सय ६ जनाले कोरोनालाई जितेका छन । यस्तै आज संक्रमित हुनेको संख्या शुन्य रहेको छ । जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ३ सय ६१ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ७२ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ३६ जना, भुमिकास्थान नगरपालीकामा ६ जना,शितगंगाा नगरपालीकामा १ जना,मालारानि गाउँपालीकामा ८ जना,पाणिनी गाउँपालीकामा १९ जना र छत्रदेव गाउँपालीकामा २ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण हालसम्म ८३ जनाको भने ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्