अर्घाखाँचीमा आज १५ जना कोरोना संक्रमित निको भएर घर फर्किए: ५ जना संक्रमित थपिए

| २०७८ कार्तिक २ गते १९: ३६ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची। अर्घाखाँचीमा मंगलवार १५ जना कोरोना संक्रमित निको भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ६ जना,मालारानी गाउँपालीकाबाट १ जना र पाणिनी गाउँपालीकाबाट ८ जनागरी १५ जना कोरोना संक्रमित निको भएका छन । यससंगै जिल्लामा हालसम्म ४ हजार २ सय ३५ जनाले कोरोनालाई जितेका छन । यस्तै मंगलवार ५ जना कोरोना संक्रमित थपिएका छन ।

 पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीमा ३ जना, भुमिकास्थान नगरपालीकामा १ जना र छत्रदेव गाउँपालीकामा १ जनागरी थप ५ जना कोरोना संक्रमित थपिएका छन । यससंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ३ सय ७९ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ६० जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा २७ जना, भुमिकास्थान नगरपालीकामा १० जना,शितगंगाा नगरपालीकामा १ जना,मालारानि गाउँपालीकामा ८ जना,पाणिनी गाउँपालीकामा ११ जना र छत्रदेव गाउँपालीकामा ३ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण हालसम्म ८४ जनाको भने ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस्