एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समितिको दोस्रो जिल्ला परिषद बैठक सन्धिखर्कमा सम्पन्न

| २०७८ कार्तिक ६ गते २०: ०० मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
कार्तिक ६- एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समितिको दोस्रो जिल्ला परिषद बैठक सन्धिखर्कमा सम्पन्न भएको छ।माओवादी केन्द्र  का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सुशील श्रीपाली को प्रमुख आतिथ्यतामा शुरु बैठक मा संगठनका केन्द्रिय सदस्य शुभाष बन्जाडे , माओबादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक ठाकुर कुमार बिक पार्टी कार्यलय सदस्य राजेन्द्र भुसाल संगठन कि केन्द्रिय सदस्य माधवा भुसाल लगायतका अतिथि हुरुको उपस्थित रहेको थियो ।

परिषद बैठकमा जिल्ला भित्रका स्थानीय तह हरु बाट संगठनका अध्यक्ष हरुले संगठनिक रिपोर्टिङ प्रस्तुत गरेका थिए । जिल्ला परिषद बैठकले सेवा निबृत भएका शिक्षक हरुलाइ दोसल्ला ओढाइ संमान पत्र प्रदान सहित सम्मान गर्नुका साथै बैचारिक बिचलन भएका शिक्षक हरुलाइ संगठनको सदस्यता समेत नरहने गरि संगठनीक कार्बाही गरिएको थियो बैठकले अन्य जिल्ला बाट सरुवा भइ जिल्ला आउनु भएका शिक्षक हरुलाइ प्रशम्सापत्र सहित सम्मान गरिएको थियो ।

संगठन का जिल्ला अध्यक्ष युबराज भुसाल को अध्यक्षता मा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य रुद्र खनाल र संचालन वसन्त खड्काले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्