भवन नहुँदा अहिलेसम्म भाडाको घरमा बस्दै आएको ट्राफिक प्रहरी अर्घाखाँचीका लागी आफ्नै नयाँ भवन निर्माण हुँदै

| २०७८ कार्तिक ९ गते १९: १५ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।अर्घाखाँचीमा ट्राफिक प्रहरीको भवन निर्माण हुने भएको छ । जिल्लाको सन्धिखर्क नगरपालीका वडानं. १ मा रहेको जिल्ला प्रहरी कार्यालयको तलपट्टिको खाली जग्गामा जिल्ला ट्राफिक प्रहरीको आवाशिय सहितको भवन निर्माण हुने भएको हो । भवन निर्माण कार्यलाई तदारुकताका साथ अगाडी बढाउन नारायण प्रसाद बन्जाडेको अध्यक्षतामा निर्माण समितिको गठन गरीएको छ । सोमवार बिहान जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा सम्पन्न सरोकारवालाहरुको बैठकले बन्जाडेको अध्यक्षतामा १९ सदस्यीय निर्माण समिति गठन गरेको हो ।

समितिको सचिबमा ट्राफिक प्रहरी प्रमुख प्रबिण आचार्य र कोषाध्यक्षमा स्थानिय व्यवसायी केशब रिजाल चयन हुनुभएको छ । समितिमा अर्घाखाँची उद्योग बाणिज्य संघ,अर्घाखाँची चेम्बर अफ कमर्श,नेपाल पत्रकार महासंघ , होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ, निर्माण व्यवसाथी संघ,पश्चिम नेपाल बस व्यवसायी प्रालि,देउराली यातायात अर्घाखाँची प्राली,लंका यातायात प्रालि र अर्घाखाँची टेक्सी व्यवसायी प्रालिका प्रमुख सदस्य रहनु भएको छ । यस्तै समितिको सदस्यहरुमा कृष्णप्रसाद श्रेष्ठ,दलबहादुर केसी, ,कबिराम खनाल, प्रदिप मिश्र, काशिराम बस्याल, बेदराज घिमिरे र आतिश किरण बिक रहनु भएको छ ।

बैठकले प्रहरी नायव उपरीक्षक अम्मर थापा,सन्धिखर्क नगरपालीका वडानं.१ का वडाअध्यक्ष युवराज बन्जाडे,२ का वडाअध्यक्ष मोतिजंग रायमाझी,पत्रकार रुद्रमणी भुसाल,गणेश खनाल र श्याम घिमिरेलाई अनुगमन समितिमा चयन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता गणेश खनालले जानकारी दिनुभएको छ ।

करीब ३० लाखको लागतमा सम्मन्न हुने सो भबनलाई जिल्लाका ६ वटै स्थानिय तह सहित बिभिन्न सहयोगदाताहरुको सहयोगमा निर्माण गर्न लागीएको प्रहरी नायव उपरीक्षक अम्मर थापाले जानकारी दिनुभयो । भवन निर्माण पश्चात जिल्लामा ट्राफीक व्यवस्थापनमा सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रबिण आचार्यको भनाई रहेको छ । जिल्लामा ट्राफिक प्रहरीको आफ्नै भवन नहुँदा अहिलेसम्म भाडाको घरमा बस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्