निर्माण व्यवसायी संघ अर्घाखाँची का अध्यक्ष ऋषिराम अधिकारी लाई मातृ सोक

| २०७८ कार्तिक ९ गते १९: २० मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। 
कार्तिक ९ - निर्माण व्यवसायी संघ अर्घाखाँची का अध्यक्ष एवंम बरिष्ठ निर्माण व्यवसायी पिटिआर अधिकारी कन्ट्रकसन प्रालि अर्घाखाँची का सन्चालक सामाजिक राजनीतिक ब्यक्तित्व ऋषिराम अधिकारी तथा निर्माण व्यवसायी भोजराज अधिकारी लाई मातृसोक परेको छ ।

उहाँकी ८१ बर्षिय माता मनकला अधिकारिको सन्धिखर्क स्थित आफ्नो निबासमा मङगलबार बिहान निधन भएको हो  मनकला अधिकारिको ऋडिघाटमा हिन्दु संस्कार अनुसार दाहासंस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ । ८१ बर्षिय अधिकारिको निधन प्रति निर्माण व्यवसायी संघ अर्घाखाँची ले गहिरो दु:ख ब्यक्त गरेको छ।

 निर्माण व्यवसायी संघ अर्घाखाँची का स- अध्यक्ष काँसीराम बस्याल उपाध्यक्ष वसन्त भुसाल उपाध्यक्ष कबिराम खनाल युवराज श्रेष्ठ महासचिब प्रकाश बस्नेतले शोक बक्तब्य जारि गर्दै उहाँको निधनले आफूहरु स्तब्ध भएको बताउँदै गहिरो सम्बेदना ब्यक्त गर्नु भएको छ । मनकला अधिकारिका दुई छोरा १ छोरी हुनुहुन्छ भने जेठा छोरा ऋषिराम अधिकारी नेकपा एमालेका प्रभाबसालि नेता समेत हुन ।

प्रतिक्रिया दिनुहोस्