विद्यार्थीलाई समाजसेवि नारायण बजान्डेद्धारा ड्रेस वितरण,विपन्न गरिवको सहारा बन्दै बजान्डे

| २०७८ कार्तिक १० गते १७: २७ मा प्रकाशित

गणेश खनाल,अर्घाखाँची । धन भएर मात्र हुदैन मन चाहिन्छ भन्ने नेपाली उखान जस्तै मनका पनि धनि सन्धिखर्क नगरपालीका निवासी समाजसेवि सफल निर्माण व्यवसायी नारायण प्रसाद बजान्डेले मालारानी गाउँपालीका वाडनम्वर ५ मा रहेको नवज्योती आधारभुत विद्यालयका सम्पुर्ण विद्यार्थीलाई ड्रेस उपलव्ध गराउनुभएको छ । 

दलित समुदायमा रहेको विद्यालयमा अधिकाम्स दलित विद्यार्थीले अध्ययन गर्छन । आर्थिक अभावका कारण ड्रेस सम्म किन्न नसकेका विद्यार्थीलाई ठुलो राहत प्रदान भएको छ ।

गरिव विपन्नलाई सहयोग गर्न पाउँदा आफुलाई निकै खुसी लागेको बजान्डेको भनाई छ । पहुच र हुने खानालाई भन्दा कमजोर अवस्थामा रहेका व्यक्तिहरुलाई सहयोग गर्न पाउँदा आफलाई निकै आन्नद आउने बजान्डेको भनाई रहेको छ । कोराना बेला पनि बजान्डेले राहत वितरण गर्नु भएको थियो । आफुले दुख गरि कमाएको केहि पैसाबाट समाजसेवा आफुले सहयोग गदै आएको बजान्डेको भनाई रहेको छ । 

मालारानी गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्य उपाध्यक्ष प्रमिला क्षेत्रीले विद्यार्थीलाई एक कार्यक्रमका विच ड्रेस वितरण गर्नुभएको हो । गरिव विपन्न विद्यार्थीलाई समाजसेवी बजान्डेले गरेको सहयोगले अध्ययनमा सहयोग पुग्न्ने आचार्यको भनाई रहेको छ । कार्यक्रममा वाड अध्यक्ष शोभाखर भुसालले दलित समुदायको विद्यालयको संरक्षणमा आफु सधै साथ रअ‍ेको बताउनुभयो ।

केहि समय अगाडी विद्यालयका प्रअ छमा खनाल,व्यवस्थापन समितीका अध्यक्ष चन्द्रबहादुर विकको पहलमा समाजसेवी आतिस किरण विकद्धारा झोला उपलव्ध गराउनुभएको थियो । अधिकाम्स दलित विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा सहयोग दाताले गरेको सहयोगबाट शैक्षिक गुणस्त्तरमा समेत थप टेवा पुग्ने प्रअ खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्