प्रदेश सरकार परिबर्तन भए संगै अर्घाखाँचीका बिकासका याेजना र बजेट गायब (विवरण सहित)

| २०७८ कार्तिक १४ गते ०५: ५५ मा प्रकाशित

अर्घाखाँची। प्रदेश सरकारकाे परिबर्तन संगै बिकासका याेजना र बजेटमा पनि परिबर्तन गरिएको छ।

नेता राम्झी प्रसाद घिमिरेको निर्वाचन क्षेत्रका महत्वपुर्ण सडकहरु र जिल्लाकै महत्वपुर्ण पर्यटकिय गन्तब्यहरु पाणिनी तपाेभुमीकाे निर्माणाधिन सभाहलकाे अघिल्लाे सरकारले छुट्याएकाे रु. ४० लाख काटिएकाे छ।

त्यसैगरि नरपानीकाे  हिलस्टेशनकाे पुर्वाधार निर्माणकाे  रु. ५० लाख पनि गायब भएकाे बजेट लिष्ट मा देखिएको छ। दशैं घर- बतासे- पुस्वाफाँट कृषि सडककाे रु. १ कराेडलाई घटाएर  रु. ५० लाखमा झारिएकाे पाईएको छ।

यसरी धैरै याेजनाहरु र बजेट गाएब र कटौती गर्नुको कारण के होला प्रदेश सरकारलाई अर्घाखाँचीवासीहरुको गम्भीर प्रश्न रहेको छ। 

प्रतिक्रिया दिनुहोस्