प्रेस चौतारी नेपाल जिल्ला अधिवेशन सम्पन्न गर्न खनाल लाई जिम्मेवारी

| २०७८ कार्तिक १५ गते १८: ५६ मा प्रकाशित

अर्घाखाँची ।प्रेस चौतारी नेपालका जिल्ला शाखाहरुको अधिवेशन आगामी पुष मसान्त भित्र सम्पन्न गर्ने भएको छ । 

प्रेस चौतारी नेपाल लुम्विनी प्रदेश कमिटीको सचिवालय बैठक बांकेको कोहलपुरमा सम्पन्न भएको थियो । बैठकले अधिवेशन सम्पन्न गर्न अर्घाखाँची जिल्लाको लागि गणेश खनाल लाई जिम्मेवारी दिएको हो । 

चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता र प्रदेश कमिटी अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा भएको बैठकले लुम्विनी प्रदेश सरकारकाले प्रदेश सभामा दर्ता गरेको सञ्चार सम्वन्धि एकिकृत विधेयक सञ्चारमैत्री नभएको धारणा राखेको थियो ।

प्रेस चौतारी नेपालका जिल्ला शाखाहरुको अधिवेशन आगामी पुष मसान्त भित्र सम्पन्न गर्ने गरी १२ वटै जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न गर्न फोकल पर्सन तोकिएको छ । 

जसअन्तर्गत अर्घाखाँची गणेश खनाल रुकुम शोभाखर पन्थी, नवलपरासीका लागि यम राना र केशव पराजुली,रुपन्देही प्रदीप आचार्य,कपिलवस्तु पार्वती पाण्डे,पाल्पा कमलराज तिमिल्सिना,गुल्मी युवराज पाण्डे,प्युठान गिरु भण्डारी,दाङ् टिका बस्नेत,रोल्पा र बांके भेषराज बस्नेत  र बर्दियाका लागि  रुद्र सुवेदीलाई जिम्मेवारी दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्