अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रले मनायो धन्वन्तरी जयन्ती एवं २३ औँ राष्ट्रिय आरोग्य दिवस

| २०७८ कार्तिक १६ गते १७: ५१ मा प्रकाशित

अशोक खनाल।प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरि जयन्ती एवं आरोग्य दिवस आयुर्वेद विकासको आधार जनशक्ति विकास र पूर्वाधार भन्ने मुल नाराका साथ आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँयो ।
 
वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाउन लागिएको हो ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ । आजको दिनलाई आयुर्वेदकर्मीहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् ।

वि सं १९८५ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो । आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रूपमा पनि मनाउन थालिएको हो ।

हातमा वैदिक हिन्दू दर्शनका चार उपवेद मध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । धन्वन्तरी जयन्तीका अवसरमा आज देशभरका सरकारी तथा गैरसरकारी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरु स्वास्थ्य केन्द्र तथा सस्थाहरुमा समेत विविध कार्यक्रम गरी मनाउने गरिए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण बृहतरुपमा औपचारिक कार्यक्रम राखिएको नभएता पनि अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कको आयोजनामा धन्वन्तरी जयन्ती एवं २३ औ राष्टिय आरोग्य दिवस कार्यक्रम धन्वन्तरीको पुजापाठको साथमा आरोग्य प्राप्तिका लागी दैनिक गरीने योग ध्यान नृत्य गर्दे कार्यक्रम सम्पन्न गरीएको आयुर्वेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी पशुपति पन्थीले जानकारी दिनुभयो ।

कार्यक्रम अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष कृण्ण प्रसाद भुसालको अध्यक्षता समितिका महिला सदस्य कमला खनाल भण्डारी तथा सिंचाई तथा जनस्रोत डिभिजन कार्यालयका डिभिजन प्रमुख विण्णु भण्डारीको बिशेष आथित्यता तथा पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक कुमार खनालको शुभकामना मन्तब्य सहित बैद्य निरीक्षक पशुपति पन्थीको स्वागत मन्तब्य डा अनिता भुसालको आयुर्वेद सम्बन्धि प्रवचन सहितको कार्यक्रम समितिका पदाधिकारी योग प्रशिक्षक साधक लगायत अन्य ब्यक्तिहरुको उपस्थितिमा कार्यक्रमको सञ्चालन कविराज निरीक्षक कमल प्रसाद आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्