एमाले अर्घाखाँचीको बैठक सम्पन्न : चितवनमा हुने महाधिवेशनको उदघाटन सभामा अर्घाखाँचीबाट ४ हजार पार्टी सदस्य सहभागी हुने

| २०७८ कार्तिक २३ गते १८: ५४ मा प्रकाशित

अर्घाखाँची। नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीको पदाधिकारीको विस्तारित बैठक मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा मंगलवार सप्पन्न भएको छ ।

बैठकले मंसिर १०,११ र १२ सम्म चितवनमा हुन गइरहेको पार्टीको आसन्न १० दशौ राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा अर्घाखाँची जिल्लाबाट कम्तीमा चार हजार पार्टी सदस्यहरुलाइ सहभागी गराउने छ । जस अनुसार आफ्नै लगानीमा छत्रदेव गाउँपालिकाबाट ४०० जना,मालारानी गाउँ पालिकाबाट ९०० जना,पाणिनी गाउँपालिका बाट ४०० जना,भुमिकास्थान नगरपालिका बाट ५०० जना,सन्धिखर्क नगरपालिका बाट ११०० जना, शितगङ्गा नगरपालिकाबाट 
७०० जना  र जनसंगठनहरुबाट १०० जना सहभागी गराउने निर्णय गरेको छ। 

महाधिवेशनका लागी देशभर एकै दिन प्रतिनिधि छनौट गर्ने पार्टी केन्द्रको निर्णय अनुसार अर्घाखाँची जिल्लामा पनि कार्तिक २७ गते नै महाधिवेशन प्रतिनिधिको निर्वाचन सम्पन्न गर्नका लागि बिजय खत्री र बिष्णु बेल्बासे प्रमुख निर्वाचन आयुक्त भएको २ वटा निर्वाचन कमिटी गठन गरेको छ । प्रतिनिधि छनौटका सन्दर्भमा आवश्यक परामर्श तथा सहजीकरण गर्नका लागि पार्टी केन्द्रिय सदस्य एव अर्घाखाँची जिल्ला इन्चार्ज चन्द्रबहादुर खडका,पार्टी केन्द्रिय सदस्य बोम बहादुर बिश्वकर्मा समेतका नेताहरू रहेको कार्यदल समेत गठन गरेको छ ।

 पार्टीको साङठानिक कामको सन्दर्भमा कार्तिक मसान्तसम्म पालिका कमिटी  र मंसिर ५ गते सम्म वडा कमिटीहरुको बैठक बसेर पार्टीका टोल कमिटी भेला गर्ने,जनसंगठनका बैठक भेला तथा अधिवेशनहरु सम्पन्न गर्ने योजना बनाउन निर्देशन गरेको छ। पार्टी जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता पार्टी केन्द्रिय सदस्य एवं अर्घाखाँची जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यता र सचीव तोजबहादुर रायमाझीको संचालनमा सम्पन्न बैठकमा पार्टी केन्द्रिय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, प्रदेश कमिटी सदस्यहरु जनार्दन खनाल,कुटमदिन अलि,दलबहादुर भट्टराई,पिताम्बर भुसाल,केबी भुसाल,प्रकाश् ज्ञवाली लगायतका नेताहरूको आतिथ्यता रहेको थियो ।

बैठकमा स्थानीय पार्टी कामको सन्दर्भमा शितगङ्गा नगर अध्यक्ष वसन्त श्रेष्ठ, सन्धिखर्क नगर अध्यक्ष श्रीकृष्ण भुसाल,भुमिकास्थान नगर अध्यक्ष मणि पौडेल,मालारानी गाउँ पालिका अध्यक्ष शालिकराम आचार्य,पाणिनी गाउँ पालिका अध्यक्ष कमल प्रसाद घिमिरे,छत्रदेव गाउँ पालिका अध्यक्ष रामजी पाण्डेले पालिका तहको पछिल्लो पार्टी कामको रिपोर्टिङ गर्नु भएको थियो ।

बैठकले यही कार्तिक ६ गते र ९ गते सम्पन्न भएका वडा तथा पालिका कमिटीमा निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाइ बधाई तथा शुभकामना व्यक्त गर्दै अधिवेशन सम्पन्न गर्न खटिएर सहजीकरण गर्ने पार्टी केन्द्रिय सदस्यहरु नेता,केन्द्रिय सल्लाहकार परिषद सदस्यहरु,प्रदेश कमिटी सदस्यहरु,जिल्ला कमिटी पदाधिकारी तथा सम्पूर्ण सदस्यहरु,जनसंगठनका नेताहरू प्रती आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्