अखिल नेपाल खेलकुद महासंघ अर्घाखाँचीको प्रथम जिल्ला भेला सम्पन्न

| २०७८ कार्तिक २४ गते १५: २९ मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क। 
कार्तिक २४- स्वास्थका लागी खेलकुद , रास्ट्रक लागी खेलकुद भन्ने मुल नाराका साथ नेकपा ( माओबादी केन्द्र ) निकट अखिल नेपाल खेलकुद महासंघ अर्घाखाँचीको प्रथम जिल्ला भेला सन्धिखर्कमा सम्पन्न भएको छ ।
 
नेकपा ( माओबादी केन्द्र ) जिल्ला कार्यलय सदस्य तथा सन्धिखर्क नगरकमिटी अध्यक्ष राजेन्द्र भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा जिल्ला समन्वय समिति सदस्य तथा मालारानी गाउँ कमिटीका इन्चार्ज एम बि पान्डे ,जिल्ला समन्वय समिति सदस्य तथा मालारानी गाउँ कमिटी अध्यक्ष पदम क्षेत्री ,अखिल नेपाल खेलकुद महासंघ का केन्द्रिय सदस्य मोहन सिंह ठकुरी ,सन्धिखर्क नगरकमिटी सदस्य शरोज पौडेल , अखिल क्रान्तिकारि जिल्ला  अध्यक्ष शुदिप खनाल लगाएतको उपस्थित रहेको थियो ।
    
भेलाले प्रेम बहादुर आले को संयोजकत्यो मा ३५ सदस्ययिय जिल्ला कमिटीको गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्