नेपाल कम्युनिस्ट पार्टी (विप्लव)अर्घाखाँचीद्वारा पेट्रोलियम पदार्थको मुल्यबृद्वी विरुद्व मसाल जुलुस: मुल्य फिर्ता नगरे कडा आन्दोलन गर्ने

| २०७८ कार्तिक २६ गते २०: ४४ मा प्रकाशित

गुरुदेव खनाल,अर्घाखाँची।नेपाल कम्युनिष्ट पार्टी 'विप्लप 'अर्घाखाँचीले डिजेल पेट्रोलको मुल्यबृद्वी को विरुद्वमा मसाल जुलुस कार्यक्रम सन्धिखर्कमा सम्पन्न गरेको छ।

 अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा पार्टी का सन्धिखर्क नगरपालिका र भुमिका स्थान नगरपालिका पार्टी इन्चार्ज नवीन खड्का ले मसाल जुलुस को कोण सभा लाई सम्बोधन गर्दै तत्काल पेट्रोलियम पदार्थमा बढाएको मुल्य फिर्ता नगरे कडा आन्दोलन गर्ने बताए।

पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य सामानमा सरकारले गरेको मूल्यबृद्वी विरुद्ध अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क को लदाम बगाैचा देखि नयाँ बसपार्क सम्म मसाल जुलुस (राँके जुलुस) गरि कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी सबै जनसमुदाय र कमरेडहरुलाइ धन्यबाद दिँदै  भोलि हुने कार्यक्रममा सबै जनसमुदायलाई सहभागी हुन नवीन खड्का ले आग्रह गरेका छन।

प्रतिक्रिया दिनुहोस्