नेकपा अर्घाखाँची द्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध सन्धिखर्कमा बिरोध प्रदर्शन

| २०७८ कार्तिक २७ गते १७: ०८ मा प्रकाशित

गुरुदेव खनाल,सन्धिखर्क। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्वीले  शनिबार देशभर विराेध प्रदर्शन भएकाे छ । यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीले पेट्रोलियम पदार्थको मूल्य बृद्वीकाे विराेध प्रदर्शन गरेकाे हो ।

विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुले  पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोध प्रदर्शन गरेका हुन् ।

विरोध सभामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी नेता तथा अर्घाखाँचीका जिल्ला सेक्रेटेरी  माहुरीले यो दलाल संसदीय व्यवस्था भनेको कलोबजारी र भ्रष्टाचारको अखडा भएकोले यो व्यवस्थाको अन्त्य अनिवार्य आवश्कता भएको बताए। साथै अर्घाखाँची जिल्लाका प्राय: जस्तो पत्रकार हरु राजनतिक दलमा लिप्त रहेको बताउँदै पत्रकारले राजनितिक दल को खोल ओडेर पत्रकारिता गर्दा कुनै सत्य तथ्य घटनाका समाचारहरु बाहिर नआउँने र आम जनता हरुले समाचार हरु पत्याउँनै गाह्रो हुने अवस्था आएको बताए। साथै कार्तिक ३० गते हुने नेपाल बन्दमा अर्घाखाँचीमा कोहि कसैले बन्दको हेल्चेक्र्याई गरी नेपाल बन्दको उलंघन गरेमा आफ्नो पार्टीले जे जस्तो परिस्थिति आएता पनि कडा कारबाही गर्ने बताएका छन्। 

साथै कार्यक्रममा बोल्दै बिधार्थिका  केन्द्रिय सदस्य तथा भुमेकास्थान नगरपालीका इन्चार्ज बारुदले जनताको ढाड सेक्ने गरि  पेट्रोलियम पदार्थको मूल्य बढाएको विरुद्धमा देशव्यापी आन्दोलनको सिर्जना गरेको र बाध्य भएर ३० गते नेपाल बन्द गर्न लागेको हुँदा यो जनजिविकाको सवाल भएको हुँदा सहयोग गर्न सबैलाइ अनुरोध गरेका छन। 

प्रतिक्रिया दिनुहोस्