संयुक्त दलित अधिकारर्की संजाल द्धारा नवआगन्तक दुई कार्यालय प्रमुखलाई स्वागत

| २०७८ कार्तिक २८ गते १७: ४३ मा प्रकाशित

सागर परियार,अर्घाखाँची।संयुक्त दलित अधिकारर्मी संजाल अर्घाखाँचीले एक कार्यक्रमका विच र्भरखर मात्र  जिल्लामा आउनु भएका दुई कार्यालयका प्रमुखहरुलाई  स्वागत तथा सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएका हरि प्रसाद घिमिर र कर अधिकृतको रुपमा आउनु भएका राजु विकलाई उहाँकै कार्यकक्षमा गहि संजालले स्वागत तथा सम्मान गरेको हो । स्वागत कार्यक्रममा बोल्दै प्रमुख लिल्ला अधिकारी हरि प्रसाद घिमिरेले जिल्लामा सान्ति सुब्यवस्थामा खलल पुग्ने कुनै पनि त्यस्ता कार्य गर्न नदिने र सान्ति सुब्यवस्थामा कायमका लागी सहयोगकारी भुमिका खेलि दिनको लागी सम्पुर्णका आग्रह गर्नु भयो ।

 जातिय छुवाछुत तथा भेदभाव जस्तो कार्य जघन्यअपराध भएकोले त्यस्तो कार्य गर्ने जो सुकै लाई कानुनको दायरामा लिएर  कारवार्हि गर्ने र त्यस्तो कार्य गरेको थाहाँ भए तत्काल सुचना दिनको लागी अनुरोध गर्नुभयो।  

त्यस्तै कर अधिकृतको रुपमा  जिल्लामा आउनु भएका अधिकृत राजु वि.कले संजालले आफुलाई स्वागत तथा सम्मान गरेकोमा खुसि ब्यक्त गर्नु भयो । सिंगो दलित समुदायको हक अधिकारको निम्ती पैरवी गर्दै आएको यस संस्थाले आफुलाई स्वागत तथा सम्मान गर्दा आफुलाई अझ जिम्मेवार बोध बनाएको र आफु पनि यँही दलित समुदायको भएको हुदा दलित समुदायको स्तरउन्नतीको लागी आप्mनो क्षेत्र बाट सक्दो कोसिस गर्ने र कर सम्बन्धी जुनसुकै कुराहरु प्रत्येक नागरिकलाई कुनै पनि पक्षपात नगरी सहज तरिकाले कार्यलयको दायरामा रही सेवा गर्ने विश्वास दिलाउनु भयो ।

कार्यक्रममा संजालका कुल बहादुर नेपाली, सन्जु नेपाली, सन्जय हितांग, तारा सुनार, राष्ट्रिय दलित पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष सागर परियार लगायतले स्वागत संगै जिल्लामा सुखद कार्यकालको सुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रम संजालका संयोजक विष्णु परियारको अध्यक्षता र संजालका सदस्य सचिव दिनेश सुनारको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्