प्रहरीद्वारा विप्लप पार्टीका नेता नविन खडका (बारुद) गिरफ्तार:भोलि पनि अर्घाखाँची बन्द रहँने सम्भावना (भिडियो सहित)

| २०७८ कार्तिक ३० गते १९: ४४ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। नेपाल बन्दको समयअवधि सकीएपछि कोणसभा गर्ने क्रममा प्रहरीले चुत्रावेसीको भक्तिटोला चोकबाट विप्लप पार्टीका नेता (कमरेड ) नवीन खड्कालाई गिरफ्तार गरेको छ। 

विप्लव नेकपा अर्घाखाँचीका भुमिकास्थान नगरपालिकाका र सन्धिखर्क नगरपालिकाका इन्चार्ज नेता नवीन खड्का (बारुद) लाई आज साँझ करिब ५ बजेको समयमा  चुत्राबेसिकाे भक्तिटाेल चाेकबाट कोणसभा गरिरहेको बेला एक्कासि गिरफ्तार हो। 

पेट्रोलियम पदार्थको मूल्यबृद्वी खारेज गर्नको लागि विप्लप पार्टीले आज नेपाल बन्द राखेको थियो।  चुत्रवेसिको भक्तिटोला चोक बाट नेता खड्कालाई एक्कासी प्रहरीले गिरफ्तार गरे लगत्तै नेता खडकाको यथासिघ्र रिहाइको माग गर्दै अखिल क्रान्तिकारी अर्घाखाँची र विप्लपका कार्यकर्ताहरुले  प्रहरी कार्यालय घेराउ गर्दै  साथै चर्को नाराबाजी लगाएका थिए।

विप्लव नेकपा अर्घाखाँचीका नेता /कार्यकर्ता प्रहरी गिरफ्तारमा परे पछि पार्टीका कार्यकर्ता रिहाई नभए सम्म अर्घाखाँचीमा पुन: बन्द कायमै रहँन सक्ने सम्भावाना रहेको बिप्लप पार्टीले जानकारी दिएको छ। 

साथै नेता नविन खड्काको रिहाईको माग गर्दै भोलि बिहान १० बजे जिल्ला प्रशासन अगाडी विप्लव नेकपा अर्घाखाँचीले धर्ना कार्यक्रम गर्ने जिल्ला सेक्रेटरी खिम घर्ति मगरले अर्घाखाँचीबुलेटिन लाई जानकारी दिनुभएको छ। 

प्रतिक्रिया दिनुहोस्