विप्लव पार्टीका नेता नवीन खड्का २५ घण्टा पछि रिहा: हिरासतमा रहँदा आफुलाई नि'र्घा'त कुटपिट गर्ने ३ प्रहरीलाई दिए बिशेष धन्यबाद

| २०७८ मंसिर १ गते १९: ३९ मा प्रकाशित

गुरुदेव खनाल,अर्घाखाँची।
मङ्सिर १-  विप्लव नेकपा अर्घाखाँचीका नेता नवीन खड्का (बारुद) गिरफ्तार भएको २५ घण्टा पछी रिहा भएका छन । नेता खड्कालाई प्रहरीद्वारा मंगलबार साँझ करिब ४ :४५ बजेको समयमा चुत्राबेसिकाे भक्तिटाेल चाेकमा कोण सभा गरिरहेको बेला एक्कासि प्रहरीले गिरफ्तार गरेको थियो।

खड्का प्रहरी हिरासत बाट छुटेपछि प्रहरी प्रशसनले आफुलाई अनेकौ झुठा मुद्दा लगाएर फसाउँन खोजेको बताएका छन,साथै आफु २५ घण्टा प्रहरी हिरासतमा रहँदा भित्र ३ जना प्रहरी आएर आफुलाई नि'र्घा'त कुटपिट गरेको र रातारात अस्पताल लगि उपचार पाएको समेत बताएका छन।

खड्काले आफुलाई हिरासत बाट बाहिर निकाल्न अहम भूमिका खेल्ने स्थानीय बासि,पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई धन्यबाद दिंदै हिरासतमा रहंदा आफुलाई नि'र्घा'त कुटपिट गर्ने ३ जना प्रहरी जवानलाइ पनि बिशेष धन्यबाद दिएका छन।

प्रतिक्रिया दिनुहोस्