नेकपा अर्घाखाँचीद्वारा पार्टीको आठौँ पुनर्गठन दिवसको अवसरमा मोटरसाइकल र्‍याली

| २०७८ मंसिर ६ गते २०: १९ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा न.२, भक्ती टोलबाट सुरु भएको मोटरसाइकल र्‍याली गुन्टेखोला, शान्ति बगैंचा, तारामार्ग, हटारीनेटा, सन्धिखर्क नगरपालिकाको प्रगाढ  हुँदै पुनः  नयाँ बस पार्क, रतले बजार ,रुब्दी हुँदै भक्तीटोलमा आइ सम्पन्न भएको थियो ।

१० वर्षे जनयुद्धमा संघर्ष गरेर आएका साथीहरु अहिले अन्तिममा आएर आत्मसमर्पण गर्दै लाचार भइ गएका प्रचण्ड , बाबुरामहरु जस्तो नभई हामीले पटक- पटक जनताका आवाजहरु उठाइ रहेकाछौं र आगामी दिनमा पनि उठाउने छौँ । भनेर ने.क.पा.का जिल्ला सचिव खिम घर्तीले आफ्नो तर्क राख्नु भयो ।

अहिले फेरि नयाँ नेतृत्व नेत्रबिक्रम चन्द विप्लपले गरिव, दुखी सर्वाहार जनताका कुराहरू समेटदै यसको निरन्तर लिडर गर्दै बैज्ञानिक समाजवाद अगाडि बढाउदै जानुभएको छ । २०७१ मंसिर ८ यता अहिले मंसिर ८ गते पार्टीको पुन गठन पार्टीले मनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्