नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा ७३१ मत प्राप्त गरेर केशव श्रेष्ठ विजयी

| २०७८ मंसिर ८ गते १२: २७ मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची।नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन् ।रामचन्द्र पाैडेल पक्षिय श्रेष्ठले निकटतम प्रतिद्वन्दी अर्का पौडेल पक्षिय नेता ईन्द्रमणि पाैडेललाई पराजित गर्दै सभापति पदमा विजयी भएका हुन् ।

शेरबहादुर देउवा पक्षिय यादव प्रसाद घिमिरेले भने सवैभन्दा कम मत प्राप्त गरे ।

केशव श्रेष्ठले ७३१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी इन्द्रमणि पाैडेलले ३५२ मत प्राप्त गरे । त्यस्तै यादव प्रसाद घिमिरेले ३०९ मत प्राप्त गरे । २७ मत बदर भएको छ । निर्वाचनमा कुल १४३८ मतदाता मध्ये १४२१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्