नेकपा अर्घाखाँचीको ८ औँ पार्टी पुनर्गठन दिवस जनयुद्धको आधार गाउँ बस्तीमा (तस्विर सहित)

| २०७८ मंसिर ८ गते २०: ०२ मा प्रकाशित

गुरुदेब खनाल,सन्धिखर्क। अर्घाखाँची नेत्र बिक्रम चन्द  विप्लव नेतृत्वको नेपाल  पार्टी अर्घाखाँचीले पार्टी पुनर्गठन दिवस जनयुद्धको आधार बस्ति सितगंगा नगरपालिकाको ढुंगेसेरामा सम्पन्न गरेको छ । 

प्रचण्ड र मोहन वैद्य किरण संग अलग हुँदै २०७१ मंसिर ८ गते बाट क. विप्लवको नेतृत्वमा अलग भएको पार्टी अहिले ८ औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सप्पन्न भएको नेकपाका जिल्ला सदस्य क. नबिन खड्काले जानकारी दिएका छन ।

शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा कपिलवस्तु र अर्घाखाँची जिल्ला इन्चार्ज क. जुझारुले जुन २०५२ साल देखि  भएको संसदिय व्यवस्था अन्त्य गर्न सुरु भएको जनयुद्ध पुंजिवादी  संसदिय व्यवस्थामै गएर अन्त्य भएको बताएका छन । अहिले चलिरहेको संसदिय व्यवस्थाले जनताको समस्या समाधान गर्न नसक्ने भन्दै यसको लागि अहिलेको दलाल पुजीवादीको सरकारलाइ खारेज गरि संयुक्त सरकार घोषणा गर्नु पर्नेमा जोड दिएका छन । यसै  विषयलाई प्रष्ट पार्दै वैज्ञानिक समाजवाद नै आम नेपाली जनताको चाहाना रहेको बताएका छन ।

कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका सचीव क. माहुरीको अध्यक्षता र भुमिकास्थान र सन्धिखर्क नगर इन्चार्ज नबिन खड्काको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्