नेकपा (माओवादी केन्द्र) अर्घाखाँचीले (भोलि) जिल्लाका सबै पालिकाको अधिबेशन  गर्दै

| २०७८ मंसिर १० गते १९: ०३ मा प्रकाशित

आराज बेल्बासे ,अर्घाखाँची। नेकपा (माओवादी केन्द्र) अर्घाखाँचीले (भोलि) जिल्लाका सबै पालिकाको अधिबेशन  गर्दै छ । पार्टीको केन्द्रीय निर्देशन अनुरुप माओवादी केन्द्र अर्घाखाँचीले  जिल्लाका ६ वटै पालिकामा अधिवेशन गर्न थालेको नेकपा माओवादी केन्द्र का शितगंगा नगर अध्यक्ष मणि अधिकारी ले जानकारी दिनु भयाे ।

अधिबेशनमा सहभागी हुन १४ वडाबाट प्रतिनिधि हरु सहभागी हुने छन । माओवादी केन्द्रले केही वडा बाहेकका वडामा समेत नयाँ नेत्तृतव चयन गरि सकेकाे छ । केन्द्रीय तालिका अनुसार भाेलि देशभर नगर तथा पालिका अधिबेशन हुन लागेकाे  हाे 

सम्मेलनमा सहमतिको आधारमा नेतृत्व चयन गर्ने पार्टीले जनाएको छ । यसभन्दा अगाडी पार्टीका जिल्लाका सबै वडामा प्रथम वडा सम्मेलन सम्पन्न गरिसकेको छ । कार्यक्रममा सम्बाेधन गर्न  माओवादी केन्द्रका केन्द्रीय सदस्य 

तथा प्रदेश याेजना आयाेग उपाध्यक्ष बामदेव क्षेत्री लगायतका नेताहरु आउने भएका छन । माओवादी केन्द्र अर्घाखाँचीले भाेली ४ वटा स्थानिय तहमामात्र अधिवेशन गर्ने भएकाे छ भुमिकास्थान नगरपालिका र पाणेनी गाँउपालिकामा भने कारणबस स्थगित भएकाे पछि अधिवेशन गर्ने नेकपा माओवादी केन्द्र अर्घाखाँचीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्