लोकप्रिय नेता आचार्यको उम्मेदवारी पछि लुम्बिनी प्रदेशमा हलचल

| २०७८ मंसिर ११ गते १६: ३८ मा प्रकाशित

शोभाखर पन्थी,चितवन। 
मंसिर -११ नेकपा एमालेका नेता चेतनारायण आचार्यले केन्द्रीय सदस्यमा उम्मेदवारी  दिनुहुने भएको छ ।

पार्टीका लुम्बिनी प्रदेश भित्रका कार्यकर्ताको केन्द्रीय सदस्य बन्नुपर्छ भन्ने चर्को दबाब पछि नेता आचार्यले उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।

उहाँले लुम्बिनी प्रदेशको भूगोल बाट उम्मेदवार हुने ईच्छा जनाए पछि अहिले कार्यकर्ताहरुले सामाजिक सञ्जाल बाट मत माग्दै आचार्यलाई बिजयी गराउन आग्रह गरेका छन् । अर्घाखाँची जिल्लामा पार्टी निक्कै कमजोर भएको अबस्थामा बागडोर समाल्नु भएका आचार्यले करीब २१ बर्ष देखि पार्टी प्रमुखको रुपमा काम गर्दै आउनु भएको छ । उहाँको कार्यकालमा जिल्लाको पार्टी निक्कै सुदृढ र व्यवस्थित बनेको छ । देशभर पार्टी टुटफुट र बिभाजनको दलदलमा फसेको समयमा समेत नेकपा एमाले अर्घाखाँची जिल्लामा सधैब गोलबन्द र एकाकार रहिरह्यो । नेकपा कार्यकालमा  देशभर तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली लाई कमजोर पार्न अर्का अध्यक्ष प्रचण्ड र माधव नेपालले षड्यन्त्र गर्दै नेता कार्यकर्ता भड्काई रहेको  समयमा राजनीति भबिष्य भन्दै केन्द्रीय स्तरमा प्रभाव राख्ने  नेताहरू समेत दुबिधामा रहेको समयमा  सिङ्गो नेकपा  अर्घाखाँची केपी शर्मा ओलीको पक्षमा छ भनेर दृढता पुर्वक उभिएर पार्टी लाई एक ढिक्का  बनाएका उहाँ अहिले नेकपा एमाले लुम्बिनी प्रदेशको बलियो खम्बा हुनुहुन्छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री समेत बन्नु भएका उहाँले मन्त्री बनेको छोंटो अबधिमा पनि धेरै महत्त्वपूर्ण र लोकप्रिय काम गर्नुभएको थियो । 

एकपटक मन्त्री बनेपछि लामो समय समय सम्म सरकारी सुबिधा लिने गलत मान्यताको अन्त्य गर्दै उहाँले सरकार बाट बाहिरीए सँगै संपूर्ण सरकारी सुबिधा छोडेर हाँस्दै ई-रेक्सा चढेर आफ्नो कोठा जानुभएको थियो । आचार्य निर्वाचित प्रदेश सभाका सदस्य समेत हुनुहुन्छ । उहाँ अर्घाखाँची जिल्ला क्षेत्र नं. १ बाट भारी मत अन्तरले बिजयी हुनुभएको थियो । जिल्लामा बिकास प्रेमी नेताको छवि बनाएका उहाँ उच्च आदर्श र स्वच्छ छविको नेता हुनुहुन्छ । 

जनतालाई देवता संझने उहाँले कार्यकर्तालाई निक्कै माया गर्नुहुन्छ । बोलेको कुरामा चट्टानी अडान लिने आचार्यले पार्टी छवि उच्च राख्दा व्यक्तिगत रुपमा धेरै गुमाउनु परेका थुप्रै उदाहरण छन् । 

अहोरात्र पार्टीकाममा खट्ने उहाँले  आफ्नो व्यक्तिगत जीवन बारेमा कहिल्यै सोंच्नु भएन । क्यान्सर ,मृगौला लगायतका रोग बाट ग्रसित भएको समयमा समेत उहाँले निरन्तर पार्टी काम गरि रहनु भयो । डाक्टरले उपचार संभव नहुने भन्दा पनि मलाई केही हुदैन ढुक्क हुनुहोस् भन्दै कार्यकर्ता शुभचिन्तक लाई ढाडस दिने आचार्य उच्च मनोबल भएका कारण बच्न सफल हुनुभएको चिकित्सकहरुको भनाई छ । अहिले पनि उहाँ पायल्स लगायतका रोग बाट ग्रसित हुनुहुन्छ ।

 आफु लाई शारीरिक रुपमा जतिसुकै पीडा भएपनि उहाँ अनवरत रुपमा पार्टीको काममा खट्नु भएको छ । उहाँ जिल्लाका सामान्य मतदाता देखि हरेक कार्यकर्ता सँग निरन्तर सम्पर्कमा रहने गर्नुहुन्छ । कार्यकर्ता र जनताले स-सानो कुरामा पनि उहाँ सँग भेटेर वा फोन बाट सल्लाह लिने गर्छन् । कार्यकर्ताको दु:ख सुखमा साथ दिने उहाँले सानाठूला सबैलाई समान महत्त्व दिनुहुन्छ । दलाल,भ्रष्ट र अनियमितता गर्नेहरू भने उहाँ बाट सधै टाढा रहन्छन् । 

नेता आचार्यले नेतृत्व गरेको नेकपा एमाले अर्घाखाँची जिल्लामाअहिले लुम्बिनी प्रदेशमै नमुना पार्टी बनेको छ । पुर्व माओवादीका प्रभावसाली नेताहरू टोपबहादुर रायमाझी , चन्द्रबहादुर खड्का उज्ज्वल समेत अहिले एमालेमा हुुनुहुन्छ ।  अध्यक्ष आचार्य लाई उहाँहरूको समेत बलियो साथ छ । 
साहसी ,जुझारु ,ईमान्दार ,त्यागी र सरल नेता आचार्य नेकपा एमालेको केन्द्रीय सदस्य भएमा लुम्बिनी प्रेशमा पार्टी कामले थप तिव्रता पाउनुका साथै आसन्न निर्वाचनहरुमा समेत नेकपा एमालेका उम्मेदवारहरु लाई भारी मतका साथ विजय गराउन सफलता मिल्ने कार्यकर्ताको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्