अर्घाखाँचीको अर्घा भगवती बिमानस्थल मा छिट्टै जहाज अवतरण गर्ने: जिल्लावासी उत्साहित (भिडियो सहित)

| २०७८ पौष ११ गते १८: ३३ मा प्रकाशित

कमला थापा,सन्धिखर्क। अर्घाखाँची जिल्लाको बिमानस्थल मा यहीँ आउँदो माघ महिनामा बिमान अवतरण गर्ने भएको छ। 

निर्माण व्यवसायी कविराम खनालले एक अन्तर्वार्तामा बोल्दै सन्धिखर्क नगरपालिका वडा नम्बर - १० को शिखर बार्नेमा निर्माणधीन अवस्थामा रहेको अर्घा भगवती बिमानस्थलमा सानो टुईनेटर जहाज छिट्टै अवतरण गर्ने बताउँनु भएको छ। 

हाल बिमान स्थल निर्माण गर्ने टेन्डर २०७८ साल भदौ १७ गते देखि लुम्बिनी प्रदिप प्रतिभा निर्माण कम्पनिले लिएको छ। जसको बजेट ८ करोड १० लाख रहेको खनालले बताएका छन्। जुन ८ करोडको बजेटमा १ लाख ८० हजार घन मिटर माटो काट्ने र जाली भर्ने कार्य हुने उनले बताएका छन्। दोश्रो फेसको कार्य २०७९ साल भदौ १७ गते सम्ममा सकीसक्नु पर्ने जानकारी दिएका छन् र अहिले सम्म बिमान स्थलको ९० % निर्माण काम सक्की सकेको उनले बताए। 

लुम्बिनी प्रदिप प्रतिभा निर्माण कम्पनिले टेन्डर लिनु अघि अर्घाखाँची पुष्पा निर्माण कम्पनिले ५ मिटर रनवे को ठेक्का लिएको थियो। दोश्रो फेसको टेन्डरमा  १८० मिटर रनवे थपिएको बुझिएको छ। ५० सिटरको बिमान अवतरण गर्नको लागि झन्डै १२ सय मिटरको रनवे को खाँचो पर्ने हुन्छ। तर अहिले सम्म करिब ८०० सय मिटर रनवे बनिसकेको खनालले बताएका छन्। 

अर्घा बिमानस्थललाई सम्पन्न गर्नको लागि सरकार ले चाँसो दियो भने र अब १६ करोड बराबर को पुन :टेन्डर परेमा अबको २/३ बर्ष भित्र अर्घाखाँचीमा ५० सिटरको बिमानले निरन्तर उडान भर्ने पक्का रहेको खनालले बताएका छन। 

निर्माण व्यवसायी खनालले आफुले १ बर्षमा सक्याउँने गरी टेन्डर लिएको तर ५ महिना अघि नै आफ्नो टेन्डरमा परेको कार्यलाई सिध्याउँने बताएका छन्। माघ महिनामा टुईनेटर जहाजले अर्घाखाँचीको अर्घा भगवती बिमान स्थलमा अवतरण गर्ने भएपछी जिल्लावासी उत्साहित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्