१२९ औँ माओ दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीद्वारा आयोजित कार्यक्रम सन्धिखर्कमा सम्पन्न

| २०७८ पौष ११ गते २२: ३२ मा प्रकाशित

गुरुदेब खनाल, अर्घाखाँची। नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य तथा कमाण्ड न २ का ईन्चार्ज नविन खड्काले माओसेत्तुङ कम्युनिस्ट आन्दोलनका लागि स्मरण गर्न लायक पात्र भएको बताए।

विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीको सदरमुकाम चुत्रावेसिकाे भक्ती टोला १२९ माओे जयन्तीको अबसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै नेता खड्काले यस्तो बताउनुभएको हो । नेता खड्काले सर्बहारा श्रमजिबी जनताको लागि माओसोत्युङले उठाएको झण्डाले गर्दा नेपालमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको उदय भएको बताउदै अहिले नेपालमा रहेका कम्युनिस्ट पार्टीले कम्युनिस्ट आन्दोलनको झण्डाको अपमान गरेको बताउदै आफ्नो पार्टीले कम्युनिस्ट पार्टीको झण्डा उठाउने कुरामा सदैब लाग्ने बताए । एक फरक प्रसगमा नेता खड्काले आफ्नो पार्टीले नेपालमा शान्ति चाहेको बताउदै शान्तिपुर्ण आन्दोलनलाई धम्कीरुपमा नलैजान आग्रह गदै लोकतान्त्रिक प्रणाली व्यबस्थिति मर्यादित बनाउनको लागि जनमत सग्रहको विकल्प नरहेको बताए कार्यक्रममा नेकपा जिल्ला सदस्य चिन्नतले कम्युनिस्ट आन्दोलनको इतिहासमा माओसोत्युङ गर्ब गर्न लायक पात्र रहेको बताउनु भयको छ।

कार्यक्रम नेकपा नेता गोविन्द खनालको अध्यक्षता अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष बाबुराम नेपालीको सञ्चालनमा उपाध्यक्ष पदम नेपालीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा जिल्ला सल्लाहकार टामलाल बस्याल प्रबास नेपाल जनप्रगतिशिल मोर्चा युएईका केन्द्रिय सदस्य मार्सल प्रकाश लगायतको आतिथ्यता रहेको थियो कार्यक्रममा अर्घा साँस्कृतिक परिबारका कलाकारबाट नृत्य समेत प्रस्तुत गरिएका थिए। 

प्रतिक्रिया दिनुहोस्