भावनात्मक एकताले मात्र पार्टी बलियो बनाउँन सकिन्छ -एमाले नेता प्रेम गैरे

| २०७८ पौष १५ गते २०: ०० मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। नेपाल कम्युनिस्ट पार्टी (एमाले) अर्घाखाँची जिल्ला कमिटी उपसचीव प्रेमनारायण गैरेले आफूहरू सधै एकताबद्द बलियो पार्टी निर्माणको पक्षमा रहेकाले पार्टीलाई बिधि पद्लाइमा संचालन गर्न खबरदारी गर्दै आएको स्पस्ट पारेका छन ।उनले भने घर परिवारमा एक आपसमा गरिने छलफल र समझदारीले जसरी परिवारलाई बलियो बनाइराख्न मद्धत पुर्याउछ त्यस्तै पार्टीमा पनि बहस बिमर्श र छलफलले पार्टीलाई थप बलियो बनाउने भएकाले पार्टीको बिधि भित्र रहेर पार्टीमा सधैं सकारात्मक बहसको आवश्यता पर्ने बताएका छन ।

पार्टी नेतृत्व पंक्ति पार्टीको नीति बिचार र कार्यक्रमबाट च्यूत हुन थाल्यो र संगठन संचालनमा विधिको बेवास्ता गर्न थाल्यो भने पार्टीमा  साङगठानिक अराजकता वढन सक्छ । यस्ले सिङो पार्टीलाई नै कमजोर बनाउछ। त्यसैले यस प्रति पार्टी कार्यकर्ताले सधैं खबरदारी गरिरहनु पर्ने बताउनु भयो । बैठकको प्रमुख अतिथि समेत रहेका युवा नेता गैरेले नेकपा गठन सङ्गै पार्टीमा देखिएको साङगठानिक अराजकताकै कारण नेकपाको एकतालाई जोगाउन नसकिएको दावी गर्नु भयो। आफूहरू सधैं पार्टी एकताको पक्षमा रहेको र पार्टी संचालनमा बिगतमा उठाएका मुद्दाहरु प्रति हाम्रो आलोचना गरिएको भएपनि ती मुद्दाहरु अस्ज पार्टीकै सम्पत्तिको रुपमा स्थापित भएकाले अब पार्टी भित्र सबै बिमतिहरु सकिएको थप स्पस्ट पारेका छन । पार्टी धेरै संख्याले मात्र बलियो हुदैन नेकपा संख्यामा ठूलो देखिएको भएपनी संगठनको आधार र गतिशीलता असाध्यै कमजोर भयो त्य्सैले लामो समय सम टिक्न सकेन । आज नेकपा (एमाले) नेकपाको तुलनामा संख्यामा केही सानो देखिन सन्छ तर अहिले एमालेले आफ्नो बिधान महाधिवेशनबाट पार्टीका नीति तथा कार्यक्रमलाई एकरुपता दिएको र राष्ट्रिय महाधिवेशन सङ्गै साङगठानिक संक्रमणकालिन अवस्थाबाट समेत मुक्त भएको छ । अब पार्टीलाई बलियो बनाउन पार्टी बिधानलाई अक्षरस कार्यान्वयन गरेर जाने,आग्रह र पूर्बग्रहबाट मुक्त भएर  पार्टीमा भावनात्मक एकता रख्न सक्ने हो भने आगामी सबै निर्वाचनमा एमालेका सामु अरु कुनै पनि राजनीतिक दल टिक्न नसक्ने ठोकुवा गर्नु भयो । 

नगर कमिटी अध्यक्ष मणि पौडेलको अध्यक्षता,सचीव टामलाल भट्टराईको संचालन र पार्टी जिल्ला कमिटी उप सचिब प्रेम नारायण गैरेको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य /नगर  इन्चार्ज खगेस्वर पन्थी,पार्टी जिल्ला कमिटी सदस्यहरु राज कुमार श्रेष्ठ,जनकलाल गैरे,नगर कमिटीका पदाधिकारीहरु,नगर कमिटी सदस्य एवं वडा कमिटी इन्चार्ज,वडा कमिटी अध्यक्ष/सचीवहरुको सहभागिता रहेको थियो ।

बैठकले पौष २३ गते हुने पार्टीको आठौं जिल्ला अधिवेशनका लागि १० वटै वडामा पौष १७ गते प्रतिनिधि छनौट गर्न वडा कमिटीलाई निर्देशन गर्नुका साथै पार्टी केन्द्र द्वारा शुरु गरिएको महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश सहितको ३ महिने अभियान संचालनबारे छलफल गर्दै नगर कमिटीको पूर्ण बैठकबाट बिस्तृत योजना बनाउने निर्णय गरेको छ । बैठकले गोबिन्द गैरे भुनपा १०, प्रेम थापा भुनपा ७ र दिनेश भट्टराई भुनपा १० लाइ नगर कमिटीमा मनोनयन गरेको छ भने हाललाइ पदाधिकारी ५ जना र वडा इन्चार्ज १० जना गरी १५ जनाको सचिवालय गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्