कांग्रेस सन्धिखर्ककाे अन्तरक्रिया कार्यक्रम

| २०७८ माघ २ गते १८: ३८ मा प्रकाशित

कमला पाेख्रेल,सन्धिखर्क । नेपाली कांग्रेस सन्धिखर्क नगर कार्य समितिको आयोजनामा अन्तरक्रिया तथा छलफल कार्यक्रम विपि स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ । 

कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले कांग्रेसको संगठन सुदृढीकरणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सदस्य शान्ता भण्डारी, पुर्ब जिल्ला सभापति तथा जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा, नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण प्रसाद खनाल, सहसचिव कमल पौडेल, क्षेत्रीय सभापति राजेस कुमार पन्थी, हेमन्त वेल्वासे, नेपाल महिला संघका जिल्ला उपाध्यक्ष जानका बन्जाडे लगायत वडा 
सभापति, नगर समितिका पदाधीकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रम नेपाली कांग्रेस सन्धिखर्क नगरपालिकाका नगर सभापति बाबुराम भुसालको सभापतित्व र सचिव कृष्ण वहादुर आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्