गुल्मीकी एक विवाहित महिला २ छोराछोरी सहित सन्धिखर्क बाट ७ दिन देखि बेपत्ता

| २०७८ माघ ६ गते २२: ५६ मा प्रकाशित

गुरुदेव खनाल,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क बाट धुर्कोटकी २८ बर्षिया महिला २ छोरा छोरी सहित बेपत्ता भएकी छिन। 

गुल्मी जिल्लाको घुर्कोट गाउँपालिका वडा नम्बर ४ निवासी कमल जिसीकि २८ बर्षिया श्रीमती अस्मिता जिसी आफ्नी ९ बर्षिया छोरी भावना जिसी र ५ बर्षका छोरा गोलु जिसी सहित अर्घाखाँची को सदरमुकाम सन्धिखर्क बाट यही गत महिना पौष २९ गते बिहिबार देखि एका एक बेपत्ता रहेकी छिन। 

अस्मिता जिसी पौष २९ गते बिहिबार सन्धिखर्क बाट साँझ करिब ६ बजेको समयमा परिवार बाट एका-एक सम्पर्कविहीन रहेको निजका श्रीमानले अर्घखाँची बुलेटिन लाइ जानकारी दिएका छन्। 

बेपत्ता हुने अस्मिता र उनका श्रीमान् कमल जिसी झन्डै १३ बर्ष लामो समय सम्म भारतको हरियाणा कर्णालमा आफ्नो व्यापार व्यवसाय गर्दै आईरहेको बुझिएको छ। अस्मिता जनवरी २ तारिख मात्र भारत बाट नेपाल आएकि थिइन्। उनि नेपाल आएको २ हप्ता न बित्दै भारत मा रहेका आफ्ना श्रीमान् र घरपरिवार बाट सम्पर्क बिहिन रहेको कमल जिसीले बताएका छन्। 

आफ्नी श्रीमती सहित दुई छोरा छोरी एक्कासि आफु बाट सम्पर्क बिहिन रहँदा कमल जिसी लगायत उनका परिवार हरु अत्यन्तै चिन्तामा रहेका छन्। तसर्थ माथि तस्विर मा देख्नुहुने बेपत्ता हुने अस्मिता जिसी र नानिबाबु हरु लाई कोहि कसैले कतै देख्नु भयो भने तुरुन्तै नजिकैको प्रहरी कार्यालयमा वा अर्घाखाँचीबुलेटिन को फेसबुक पेजको म्यासेन्जरमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। 

प्रतिक्रिया दिनुहोस्