प्राकृतिक सम्पदा माथी सन्धिखर्कका मेयर र उपमेयरको गोप्य चलखेल

| २०७८ माघ ८ गते १९: १७ मा प्रकाशित

गुरुदेव खनाल। यहाँ दिइएको तस्बिरमा सन्धिखर्क नगरपालिका का मेयर रउपमेयर र वडा न. ७ का वडा अध्यक्ष अनि भुगर्भ सिमेन्ट उध्योग का प्रतिनिधि सग यसरी लुकि छिपी भेटघाट गरेका छन।

सायद यिनिहरु बाताबरण पर्यावरण र जनताका गम्भीर मौलिक समस्या का बारेमा र एतिहासिक धार्मिक र पुरातात्त्विक क्षेत्रलाई मरुभूमि बाट बचाउने बिसयमा घनिभुत छलफल पक्कै भयको छैन होला ....। जनताले लिखित गुनासो र विभिन्न उपभोक्ता समिती का उजुरी मा सुनेको अनदेखा गर्ने र जनताका प्रतिनिधि भयर जनताको आबाज ठाडो उपेक्षा गरि यसरी सार्बजनिक पद धारण गरेका मेयर उपमेयर को यसरी अघोषित भेटले आम जनतामा र यति बिबादित अनि यति कुरुप उत्खनन विरुद्ध मौन व्रत राख्नु कुनै गम्भीर चलखेल र आर्थिक लेनदेनमा  आन्तरिक समर्थन को यो यथार्थ परिणाम पनि हुन सक्छ । 

यस बिसयमा जिल्लामा सबै पक्ष बुजेर पनि अनबिज्ञ हुनु दुखद कुरा हो। मेयर उपमेयर यस बिषयमा स्पष्टीकरण दिनुहोस यदि तपाईहरुको नियत सफा र स्पष्ट छ भने। अर्को तस्बिर सन्धिखर्क नगरपालिका कार्यलयबाट बाहिरियको सम्मानित अख्तियार कार्यलय को पत्र हो। अबैध उत्खनन मा सन्धिखर्क नगरपालिका प्रत्यक्ष मिलेभगतमा अख्तियार मा उजुरी परे पछि रोकियको रहेछ यसरी जिल्ला र नगरपालिका मा बिधिगत माओ र बि.पि का भक्त हरु बताउने यसरी उनिहरुको नाममा कलन्क गरेका छन । केही झोले र चाकरी गर्ने हरुको संरक्षण ले यसरी जनताको हक सग जनप्रतिनिधि हरु खुल्ला सौदा गर्दछन। एउटा अज्ञानि जनता भन्दा शिक्षित अन्धोभक्त झोले समाजका लागि अझ खतरा हुन्छ। अख्तियार ले नगरपालिका लाई किन पत्र काट्यो जनताले मेयर उपमेयर लाई के गर्न निर्बाचित गरेर पठायको हुन। खान्ची नरपानीलाई यसरी मरुभूमि बनायर वा जनप्रतिनिधि रमिता हेर्नुस् । 

जनता को समस्या मा रमाउनुहोस र यसरी गोप्य भेट घाट गर्नुहोस् .....अनि अख्तियार का पत्र यसरी लुकाउनुहोस....जनताका अति  मुद्दा मा यसरी अपमान गर्नु कति सामाजिक न्याय हो।

प्रतिक्रिया दिनुहोस्