प्रथम स्व. ईश्वरी कप भलिवल प्रतियोगिताको उपाधि अर्घखाँची बुलेटिनलाई

| २०७८ फागुन १५ गते १६: ५० मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। अर्घाखाँची  जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष स्व. ईश्वरी प्रसाद भुसालको सम्झना आयोजना गरिएको प्रथम  ईश्वरी कप भलिवल प्रतियोगिताको फाइनल खेलमा अर्घाखाँची बुलेटिन भलिवल क्लवले असुरकोट युवा संजाल भलिवल क्लबलाई सिधा सेटले पराजित गर्दै प्रथम इश्वरी कपको उपाधि हात पारेको छ। 

आइतवार भएको फाइनल खेल अर्घाखाँचीबुलेटिन भलिबल क्लब र असुरकोट युवा संजाल भलिवल क्लब विरुद्व  भएको थियो। जसमा अर्घाखाँचीबुलेटिन भलिवल क्लबले असुरकोट युवा संजाल भलिवल क्लबलाई पहिलो सेटमा २५ - १५  ले र दोश्रो सेटमा २५ - २० तेस्रो सेटमा २६ -२४ को अंकले  पराजित गर्दै प्रथम स्व. ईश्वरी प्रसाद भुसाल भलिवल प्रतियोगिताको उपाधि हात पारेको हो। 

कमल गहतराजको कप्तानमि रहेको अर्घाखाँची बुलेटिन भलिबल टिममा राष्ट्रिय भलिवल खेलाडी शुबाष चन्द ,आदर्श रसाइँलि ,चिरन्जिबी खड्का ,बिनोद बिसी सरोज चौधरी ,सन्तोष शर्मा ,पिताम्बर थापा ,म्यानेजर पुस्कर पौडेल कोच यूवराज थापा ,झनक केसी  लगायतको समुह रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्