अर्घाखाँचीमा चार र रुपन्देहीमा १७ नेता कार्यकर्ता गिरफ्तार

| २०७८ फागुन १६ गते १५: ४७ मा प्रकाशित

काठमाडौं । एमसीसी खारेजीको माग गर्दै भएको नेपाल बन्दका क्रममा अर्घाखाँचीमा चार कार्यकर्ता गिरफ्तार भएका छन् ।

सदरमुकाम सन्धिखर्कबाट अखिल (छैठौं) का जिल्ला अध्यक्ष जीवन नेपाली, उपाध्यक्ष प्रकाश पौडेल, सदस्य अशोक मगर, अखिल नेपाल युवक संघका जिल्ला सदस्य भुपाल विसी गिरफ्तारीमा पर्नुभएको छ ।

अर्घाखाँचीमा बन्दको पूर्ण प्रभाव परेको छ । बन्दकर्ता नेता कार्यकर्ता ठाउँ ठाउँमा नारा जुलुशसहित निस्किएका छन् भने स्थानीय जनताले बन्दकर्तालाई सघाउ गर्दै आ–आफ्ना पसल, सवारी साधन बन्द गरेका छन् ।

यता, रुपन्देहीमा पनि बन्दको पूर्ण प्रभाव परेको छ । रुपन्देहीको बुटवलबाट १७ जना नेता कार्यकर्ता गिरफ्तार भएका छन् । राष्ट्रिय जनमोर्चाका नेताद्वय वाशु पोखरेल र चेतनाथ आचार्यसँगै विभिन्न पार्टीका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो ।

आइतबार संसदबाट एमसीसी पास भएपछि त्यसविरुद्ध नेकपा(मसाल) सहित आठ दलले आज नेपाल बन्दको आह्वान गरेका हुन् ।yugdarshan.com

प्रतिक्रिया दिनुहोस्