बाँगीखोला र घोंचेखोला भू-माफियाद्वारा रातरात यसरी दोहन गरिँदै: सम्बन्धित निकाय मौन

| २०७८ फागुन १७ गते ०४: ४५ मा प्रकाशित

गुरुदेब खनाल। भनिन्छ नेपालमा जे जति संघर्ष र परिवर्तनहरु भए जनताको हकहितको लागि, सर्वहारा, उत्पीडित बर्गको लागी, यस्ता किम्बदन्ती चिल्ला कुरा त केबल तथ्यहिन नारा र भालु पुराण जस्तै सिद्धान्तमा सिमित रह्यो । राणाकाल र पञ्चाय कालको त्यति प्रत्यक्ष जानकार नभए पनि केही समय अगाडि राजा तानाशाही प्रवृत्तिको भयो। पुजीवादी प्रवृत्तिको भयो । शोषक भयो बिदेशी दलालहरुसङ्ग मिल्यो ।जनतालाई सुशासन दिन सकेन भन्दै कानै दुख्ने गरि चर्का स्वरहरु सडकमा आन्दोलनका ठुला तमासाहरु प्रदर्शन भएका देख्ने यी आखाहरु प्रत्यक्ष साक्षी सगै प्रत्यक्ष- अप्रत्यक्ष रुपमा सहभागी भएको परिणाम र मैले महान भन्दै गरेको उपलब्धिप्रति यो सकुनि नीति यो दरिद्र व्यवस्था यो कंस आचरण यो अराजक सुशासन प्रवृत्ति, र यति सस्तो लोकतन्त्र माफिया र दलालको जन्जिरले बेरिएको कमजोर फितलो राज्य व्यवस्थाप्रति हिनताबोध सगै निराश र उद्देग लागेर आउछ।

घोंचेखोला र बाँगी खोला यसरि दोहन गरिदैं 

यो माथिको दृश्य हाम्रो सन्धिखर्क बागिखोलाको किनाराको हो । यहाँ केही बर्षअघि बागी खोलाको बगरको क्षेत्रफल लगभग जिल्ला बासिलाई अबगत छ, यो खोलाको फराकिलो, खोलाको बहाव तर लोकतन्त्र र गणतन्त्रको परिणामले खोला लाई पनि छोडेन । बागी खोला पनि तानाशाही, जता पनि बग्ने, त्यत्रो  आन्दोलन र घाँटी सुक्ने गरि चिच्यायी-चिच्यायी भाषण गर्दा पनि नसुन्ने कति अजारकता छ । त्यसैले आज अर्घाखाँचीको बागिखोला सभ्री सुशासनको जनकारबाही भोगिरहेको छ ।

यो परिवर्तनले जन्माएको नाङ्गो वास्तविक उदाहरण कति  छ। आजकल त ब्यबस्था जनप्रतिनिधि प्रसाशन सुशासन यति परिपक्व भयो कि भनिन्छ "बेसरम सदा सुखिनम" यहाँ फोहरी प्रवृत्तिले सुगुर भन्दा पनि बढी घटिया बनाई सक्यो। केही सार्बजनिक सम्पती हडपेका समाचारहरु त बारम्बार आउथे तर यहाँ त नदिको बहाब र आफ्नो क्षेत्र पनि यसरी मिलोमतोमा दलाली गिरोहहरुलाई समाजका ठेकेदार राजनीतिदल जनप्रतिनिधिहरुको रोहबरमा यसरी दोहन र नदि आक्रमण हुँदा  समेत मौन छ । प्रशासन र स्थानीय निकाय, गिरोहका अगाडि चुप रहनु आधुनिक नयाँ  उदायमान क्रान्ति होला । यसरी नदिको क्षेत्रलाई अतिक्रमण गरि सोझा जनताहरुलाई झुक्याएर खोला बेच्दासम्म कहाँ अन्धो बनेर बसेको थियो । संबंधित निकाय अहिले सोझा जनताहरुले प्रवासमा दुख, कष्टले खाई नखाई अथक मेहनतले कमाएको पैसामा बल्ल महाराज हाकिमहरुको आँखा खुलेको छ। अहिले यसरी जनताहरुलाई हरिबिजोग र जानी- जानी दुख दिईदैछ। आजकल यो नयाँ  व्यवस्थामा गिरोह,दलाल र माफियाहरुले हाम्रा जनप्रतिनिधि, स्वतन्त्र भनिने प्रशासन, खबरदारी गर्ने पत्रकारको दलाली बजारमा भाउतोल हुँदै लिलाम हुन्छन्। फलानो नेतालाई यति फलानो कर्मचारीलाई यति फलानो पत्रकारलाई यति भन्दै यहाँ खुल्ला व्यापार चल्छ। 

घोंचेखोला र बाँगी खोला यसरि दोहन गरिदैं 

हो बाँगीखोलालाई उचित व्यवस्था  गरि यसको संरक्षण सगै उपयोग गर्नु सरकार र सबैको दायित्व हो तर पैसाको लोभ र निजि स्वार्थले गर्दा दिन-प्रतिदिन यो बागीखोला एक दिन सन्धिखर्कका लागि नै  विनाश बन्न सक्छ। यसरी मानवीय जिबनलाई नै जोखिम पार्ने गरी कमिसनका खेलमा गरिएको चरम लापरबाही व्यवस्थाले जनता दोहोरो मारमा परेका छन । एकातिर महङ्गो घडेरी लिई यति धेरै लगानी गर्दा सम्म मौन बसेर अहिले यसरी जोखिम पर्ने गरि व्यवस्था  गरिदै छ।

देखावटी सुधारको लागि केही समय जनताको आखामा भर्म छोप्नको लागि गरिएको नाटक नहोस। खै, यस्तो चरम लापरबाही र भष्टचारमा समेत लोकतन्त्रको पहिलो पहरेदार पर्तिपक्ष किन मौन छ, पहरेदार हो कि साझेदार हो बुज्न कठिन छ। यसरी मानव बस्तीलाई उचित विस्थापित गरेर मात्र यस बागिखोलाको संरक्षण गरियोस। यसरी सार्बजनिक सम्पत्ति हडपेर यसरी खोलाको किनारमा बेचबिखन गर्ने विरुद्ध छानबिन गरी सम्बन्धित निकायले तुरुन्त कारबाही गरोस । यस्ता चरम लापरबाही भष्टचार अनियमितता विरुद्ध सबैले रचनात्मक कार्य गरौ।

प्रतिक्रिया दिनुहोस्