नियमित काम गरेरै भिन्न बन्दै अर्घाखाँचीका प्रहरी प्रमुख

| २०७८ फागुन १९ गते २०: १२ मा प्रकाशित

अर्घाखाँची। भूमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा निर्वाचित भएपछि उनको प्राथमिकतामा परेको थियो धनचौर क्षेत्रमा प्रहरी चौकी स्थापना । सन्धिखर्क बजारबाट लामो दुरीमा रहेको र जिल्ला प्रहरी कार्यालयले नै हेर्नुपर्ने यो क्षेत्रका जनताका मागअनुसार पनि नगर प्रमुख थापाले जिल्ला प्रहरी कार्यालयसँग धेरैपटक आग्रह गरेका थिए । जनशक्ति अभावको बहाना देखाउँदै प्रहरी प्रमुखहरू उम्किइरहन्थे, तत्काल सकिँदैन भनेर ।

तर, गत १६ असारमा अर्घाखाँची प्रहरी प्रमुखको रुपमा आएका अमर थापाले नगरप्रमुखको एकै पटकको अनुरोधमा प्रक्रिया अगाडि बढाए । मेयर सापले अनुरोध गर्नुभयो, अनि हामीले त्यस क्षेत्रमा अध्ययन पनि गर्यौ,प्रहरी प्रमुख थापाले भने, मैले आवश्यक प्रक्रिया पूरा गरी माथि अनुरोध गरेँ । स्वीकृति आएपछि अस्थाई प्रहरी चौकी निर्माण सकेर उद्घाटन समेत गरिसकेका छौं । उक्त प्रहरी चौकीबाट अहिले सेवा प्रवाह सुरू भइसकेको छ ।

केही वर्षदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन बनाउने अन्यौलता थियो । कहाँ बनाउने रु कसरी बनाउने रु भन्ने विषयमा लामो समयदेखिको अन्यौलता प्रहरी प्रमुख थापा आएसँगै हट्यो । अर्घाखाँची आएको केही दिनमै थापाले ट्राफिक प्रहरीको भवनको लागि ठाउँको टुंगो लगाए । अनि स्थानीय व्यवसायी तथा स्थानीय सरकारहरूको सहयोगमा निर्माण सम्पन्न गरी लुम्बिनी प्रहरी प्रमुखको हातबाट उद्घाटन गराए । भवन कहाँ बनाउने टुंगो नलागेको अवस्थामा अर्घाखाँची आएका थापाले पाँच सात महिनामा जग्गाको व्यवस्थापनसहित आर्थिक जोहो गरी कार्यालय उद्घाटनसम्म गराउन सफल भए ।

जिल्लाको शान्ति शुरक्षाको लागि जुनसुकै भूमिका निभाउन पनि तयार रहेको बताउने थापाले जिल्ला सदरमुकाम सन्धिखर्क भित्रिने नाकालाई सम्भावित जोखिमको क्षेत्र पहिचान गरे । बहुप्रतिक्षित सालझण्डी ढोरपाटमन सडक निर्माणपछि हुनसक्ने सम्भावित सुरक्षा खतरालाई मध्यनजर गरी फुदवाङ बजारमा अस्थाई प्रहरी चौकीको आवश्यकता गरे ।

यसलगत्तै प्रक्रिया अगाडि बढाएका थापाले केही दिनअघि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको हातबाट अस्थाई प्रहरी चौकी फुदवाङको उद्घाटन गराए । लामो समयदेखि निर्माण चरणका रहेको धारापानी प्रहरी चौकी भवन निर्माण गरी केही दिनअघि उद्घाटन समेत गरिसकिएको छ । कुरामा भन्दा काममा विश्वास गर्ने थापा अर्घाखाँची आएपछि आत्महत्याको न्यूनिकरणको लागि अभियान नै संचालन गरे । म आउनुभन्दा अघि नै अर्घाखाँचीमा आत्महत्याका घटना बढी छन् भन्ने सुनेको थिएँ । थापाले भने त्यसपछि हामीले अभियानकै रुपमा जनचेतना कार्यक्रमहरू स्कूलस्कुलमा पुगेर सम्पन्न गयौं । गतवर्ष यही अवधिमा ८० जनाले आत्महत्या गरेकोमा यो वर्ष त्यो संख्या घटेर ३० पुगेको छ ।

यतिमात्र होइन थापाको सक्रियतामै १९ वर्ष कैद भुक्तान बाँकी रहेका १४ जना अभियुक्तहरुलाई नियन्त्रणमा लिन सफल भएका थापाले यही कार्यकालमै जिल्ला प्रहरी कार्यालयको प्रांगण पिच मात्र गरेका छैनन् जोखिमयुक्त स्थानहरूमा सीसीटीभी क्यामेरा समेत जडान गरेका छन् ।

थापा आएपछि आफूहरूले केही परिवर्तन महसुस गरेको अर्घाखाँची चेम्बर अफ कमर्शका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । अरु डिएसपी साबहरू काम कम कुरा धेरै गर्नुहुन्थ्यो, श्रेष्ठले भने तर उहाँ आएपछि निकै राम्रो भएको छ । सन्तुलित अनि शालिन स्वाभावका साथ उदाहरणिय काम गर्ने उहाँबाट सबैले केही सिक्नुपर्छ ।

यो त मेरो नियमित नै काम हो, धेरै गर्न सकिएको छैन । प्रहरी प्रमुख थापाले भने, जत्ति गरिएको छ यो म एक्लैले होइन, प्रहरी निरीक्षक ज्यूहरू, ट्राफिक प्रमुख सईसाबसहित सबै राष्ट्रसेवकहरूको राम्रो साथ रह्यो । टिमका कारण नै यो सम्भव भएको हो ।स्रोत - न्युज अफ नेपाल

प्रतिक्रिया दिनुहोस्