सि बि ए अर्घाखाँचीका पूर्व अध्यक्ष झबिन्द्र खनाल प्राधानमन्त्रि देउवा द्वारा सम्मानित

| २०७८ फागुन २१ गते १७: २० मा प्रकाशित

एसपी भुसाल।  गतेसम्म काठमाडौंमा चलिरहेको नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय कार्यसमितिको आठौं महधिवेशनको उद्घाटन कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन,अर्घाखाँचीका पूर्व अध्यक्ष झविन्द्र खनाललाई उत्कृष्ट तथा रचनात्मक क्रियाकलाप संचालन गरेकाे भन्दै सम्मान गरिएको छ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले सम्मान पत्र र दाेसल्ला ओढाएर  सम्मान गर्नु भएकाे हो  । उहाँ अध्यक्ष भए पश्चात  अर्घाखाँची जिल्लामा धेरै रचनात्मक क्रियाकलाप सेवा प्रवाह सम्बन्धि अन्तरक्रिया कार्यक्रम, स्वागत तथा विदाई कार्यक्रम, नि:शुल्क लाेकसेवा तयारी कक्षा संचालन, प्राज्ञिक पुस्तक वृत्ति प्रकाशन गर्दै देश भरीमै उत्कृष्ट कार्य संचालन गरेकाे भन्दै युनियनले सम्मान गरेको हो उहाँ अहिले नेपाल सरकारकाे उपसचिवमा सिफारिस भई देशकै सबैभन्दा ठूलाे नगरपालिका शितगंगाकाे प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा कार्यरत हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्