प्रेस चौतारी लुम्बिनी अध्यक्षमा शोभाखर पन्थी

| २०७८ फागुन २१ गते २१: ५३ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा शोभाखर पन्थी सर्वसहमत निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा भएको प्रथम अधिवेशनले पन्थीको अध्यक्षतामा ४६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

उपाध्यक्षमा दशरथ घिमिरे लक्ष्मी तिमिल्सेना, महासचिवमा निरा गौतम, सचिवमा वेनी माधव बस्याल, ओपेन्द्र बस्नेत र कोषाध्यक्षमा एलवी थापा छनोट भएका हुन । 


घोषणा पत्रको पुर्णपाठ :

प्रेस चौतारी नेपाल लुम्बिनीको दाङको राप्ती उपत्याकामा २०७८ फागुन २१ गते सम्पन्न प्रथम अधिवेशनले निम्मानुसार घोषणापत्र जारी गरेको छ ।

१. श्रमजीवी पत्रकार ऐन पूणर्रुपमा कार्यान्वयन गर्दै पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाको ग्यारेन्टी गर्न यो अधिवेशन सरकारस“ग जोडदार माग गर्दछ ।

२. न्युनतम पारिश्रमिक समितिले सिफारिस गरेको श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धि गर्न सरकार र संचारमाध्ययमस“ग माग गर्दछ ।

३. कोरोना महामारी वा कुनै पनि बहानामा पत्रकारलाई पेशाबाट विस्थापित नगर्न र विस्थापित भएकालाई तत्काल पुर्नस्थापित गर्न सरकार र संचारमाध्ययमस“ग जोडदार माग गर्दछ ।

४. लुम्बिनी प्रदेशको प्रदेश संचारसम्बन्धी विधेयक तत्काल फिर्तागरी संचारमैत्री र पत्रकार अनुकुल बनाउन माग गर्दछ ।
५.पत्रकारहरुको कोरोना विमाको रकम तत्काल उपलब्ध गराउन सरकार र सम्बन्धित विमा कम्पनीस“ग माग गर्दछ ।
६. पत्रकार तथा संचारमाध्ययमलाई संचार उपकरण खरीद गर्न सहुलियत प्रदान गर्न र त्यसमा सबैको सहज पहु“च वृद्धि गर्न आग्रह गर्दछ ।

७.संघ, प्रदेश र स्थानीय तहका सरकारले संचारमाध्ययको सबलिकरण र पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रयाप्त रकम विनियोजन गर्न र विनियोजित रकम पारदर्शी ढंगले परिचालन र कार्यान्वयन गर्न माग गर्दछ ।

८.सबै संचारमाध्ययमलाई लोककल्याणकारी विज्ञापन समानुपातिक ढंगले वितरण गर्न तीन तहकै सरकारस“ग माग गर्दछ ।

९. संविधान बमोजिम तोकिएको मितिमा स्थानीय तहस“गै सबै तहका निर्वाचन शान्तिपूणर् र निश्पक्ष ढंगबाट सम्पन्न गर्न माग गर्दछ ।

१०. प्रेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरी अन्य वस्तुमा भएको कालोबजारी नियन्त्रण गर्न सरकारस“ग माग गर्दछ ।

११.लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्याका घोषणा भएको क्षेत्रमा गुरुयोजना निर्माण, जग्गा प्राप्ति, भौतिक संरचना निर्माण लगायतका काम छिटोसम्पन्न गरी राजधानीको प्रशाशनीक काम थाल्न र राजधानी स्थापनाको निणर्य कार्यान्वयन लैजान माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्