अर्घाखाँचीको म्युडाँडामा नेपाली काङ्ग्रेसबाट पुरै गाउँ एमालेमा प्रवेश

| २०७८ फागुन २२ गते १६: ०० मा प्रकाशित

अर्घाखाँची । नेकपा (एमाले) सन्धिखर्क ७ को वडा कमिटीको आयोजनामा खाँचिकोटको म्युडाँडामा बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा म्युडाँडा र म्युखोला टोलका ८५ जना नेता-कार्यकर्तालाई पार्टी केन्द्रिय कमिटी सचिव तथा पुर्व उप-प्रधानमन्त्री टोप बहादुर रायमाझीले टिका, खादा र माला लगाएर पार्टी प्रवेश गराएका हुन ।

पार्टी प्रदेश कमिटी सचिवालय सदस्य रामजी प्रसाद घिमिरे, जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल, गण्डकी प्रदेश कमिटी सदस्य लिला जि. सि. जिल्ला कमिटी सचिव तोज बहादुर रायमाझी, उप-सचिव शम्भु पोख्रेल, जिल्ला निर्वाचन बिभाग प्रमुख तथा सन्धिखर्क नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसाल, जिल्ला कमिटी सदस्य कृष्ण श्रेष्ठ लगायतले नव प्रवेशिहरुलाई टीका लगाई स्वागत गराएका हुन।


कार्यक्रममा जिल्ला कमिटी सल्लाहकार फर्स बहादुर के. सि. , नगर कमिटी सचिवालय सदस्य तथा वडा नम्बर ७ का इन्चार्ज लक्ष्मण कँणेल, नगर कमिटी सचिवालय सदस्य तथा वडा नम्बर ६ का इन्चार्ज पृतम के. सी. लगायतको उपस्थिती रहेको थियो। कार्यक्रममा केन्द्रिय कमिटी सचिव टोप बहादुर रायमाझी, प्रदेश कमिटी सचिवालय सदस्य रामजी प्रसाद घिमिरे र जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल लगाएतले सम्बोधन गरेका थिए  । कार्यक्रम पार्टी वडा कमिटी अध्यक्ष चुरा बहादुर के. सी. को अध्यक्षता र मोहन पुरीको संचालन तथा वडा कमिटी उपचिव कमल के.सी. को स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्